New Videos from Youtube

आर्मीलाई हराउँदै एपीएफले जित्यो पुरुष क्रिकेटको स्वर्ण

सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष क्रिकेटको स्वर्ण सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई ४९ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनायो । उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने भुवन कार्कीले अविजित २४ रनको योगदान दिए । पृथु वास्कोटाले १२ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आर्मीका सोमपाल कामी, बिक्रम सोम र चन्द्र साउदले समान २-२ विकेट लिए । जवाफमा मैदान उत्रिएको आर्मीले १७.४ ओभरमा ७२ रन बनाउँदा सबै विकेट गुमायो । आर्मीका नरेश बुढायरले १७ रन जोडे पनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आर्मीलाई सस्तैमा समेट्ने क्रममा भुवन कार्कीले ४ ओभरमा मात्र ११ रन दिएर ४ विकेट लिए । शक्ति गौचन र यज्ञमान कुमालले २/२ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले १-१ विकेट लिए ।
Loading...

हेर्नुहोस भिडियो

महिनाको लाख रुपैयाँ कि करोडको पाठ्यपुस्तक

बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । यो पनि सत्य हो, पैसा आजको अनिवार्य आवश्यकता हो । गाँस बास र कपासले मान्छे बाँच्न त सक्छ, तर जिउन सक्दैन । पैसा भए मान्छेले जे पनि गर्न सक्छ । पैसाकै लागि ४० लाखभन्दा बढी नेपालीहरू विदेशी भूमिमा छन् । उनीहरू ६० डिग्रीको गर्मी भन्दैनन्, माइनस ३० डिग्रीको जाडो गन्दैनन् । मलेसिया, कतारका सयौं तले गगनचुम्बी भवनहरूमा कयौं नेपालीको रगत पोतिएको छ । खाडीको बालुवामा बाख्रा गोठालो नेपाली नै भेटिन्छ । उता इजरायल, कोरिया, क्यानडाको कृषि बगानमा साग गोडिरहेका नेपालीहरु नै भेटिन्छन् । यस मानेमा संसारको सबैभन्दा कठिन श्रम गर्न सक्षम छन् नेपाली । संसारका कुना–कुनामा रगत र पसिना सरोबर बेच्छन् नेपाली । नेपाली श्रमिकहरूको लागि अरू देशको तुलनामा सबैभन्दा आकर्षण बनेको छ आज दक्षिण कोरिया । प्रत्येक वर्ष हुने भाषा परीक्षाको फारम भर्न उभिएका हजारौं युवाहरूको लामले यही भन्छ । वैदेशिक रोजगारीका लाखौं नेपालीहरूमध्येको एक पात्र म पनि हुँ । करिब ५ वर्षअघि मेरो मस्तिष्कमा सल्कँदै गरेको पैसाको राँको निभाउनकै लागि म कोरिया आएँ । *** कोरिया आउनु अघिको एउटा किस्सा सुनाउँछु । खाजा खान साधारण होटलमा केही साथीहरू बसिरहेका थियौं । एउटा साथीले पत्रिकामा ‘लाखमा लाख महिनामा लाख‘ शीर्षकको विज्ञापन पढ्यो । त्यो विज्ञापनको सार थियो, लाख लगानी गरेर महिनामा लाख कमाउने । त्यो अवसर पाउन उनीहरू (विज्ञापन दिने संस्था) साथ दिन्छन् अर्थात् भाषा पढाउँछन् । एउटा साधारण नेपाली ठिटो । घरबाट खटाएर पठाएको खर्चमा काठमाडौं जस्तो महँगो ठाउँमा बसेर पढ्नु चानचुने कुरा हैन । लाखको आकर्षण देखाएको त्यो विज्ञापनले मेरो मगजमा आगो बालिदियो । तपाईं अनुमान लगाउन सक्नुहुन्छ, मैले त्यतिखेर कस्तो सपना देखेँ ? कयौं पटक विज्ञापन पढेपछि एक पटक आफैंलाई नियालेँ । हातमा पुतपुताउँदै गरेको शिखर चुरोटको ठाउँमा सूर्य चुरोट हुनेछ । टेबलको चियाको ठाउँमा महँगो कफी हुनेछ । शरीरका कपडाका साधारण लुगालाई क्रन्चवाला जिन्सले विस्थापन गर्नेछ । एउटा दामी बाइक हुनेछ । राम्री प्रेमिका हुनेछे । प्रेमिकाका हर इच्छा पूरा गर्न सक्नेछु । पानीपुरी र चटपट खुवाउन नसकेकै बहानामा बारबार मेरो ब्रेकअप हुनेछैन । माथिका मेरा सपनाहरू देखेर पक्कै पनि तपाईंको अनुमान गलत भयो होला । तपाईंले यो ठिटोले त्यसबेला घरपरिवारको दुःख निवारण गर्नेबारे सोच्यो भनेर ठान्नुभएको थियो सायद । तर, १९ वर्षे ठिटोले यस्तै व्यक्तिगत सपना सजायो । मलाई यिनै कुराको आवश्यकता थियो । सामान्यभन्दा सामान्य जे कुरा आफूलाई चाहिन्छ, सपना पनि त्यसैको देखिने रहेछ । सपना देखेको करिब एक वर्षपछि सबै प्रक्रिया पूरा गरेर महिनाको लाख कमाउन म कोरिया उडेँ । … टिनएज नै पूरा नगरिसकेको मलाई महिनाको लाख कमाउन कस्तो मिहिनेत गर्नुपर्छ भन्ने अनुमान नेपालमा छँदा पटक्कै भएन । जब मलाई कारखानामा लगियो, त्यसपछि पो मन ढक्क फुल्यो । पैसा टिप्ने रूख हुँदो रहेनछ कोरियामा । कम्पनी पुगेकै भोलिपल्टदेखि काम गर्न थालेँ । पहिलो दिन जाँदा सबै जनालाई इन्सा (नमस्ते) गरेँ । मेरो नमस्ते देखेर सबै हाँसे । इन्सा गर्ने मेरो बोली र तरिका नमिलेर हाँसेका रहेछन् भनेर पछि बुझेँ । म काम गर्न थालेँ, तर पारा ल्याइनँ । कोरियनले एक पटक सिकायो । जानिनँ । केही समयपछि आएर फेरि सिकायो । फेरि जानिनँ । फेरि सिकायो । फेरि पनि नजानेपछि ऊ करायो । मैले उसको भाषा बुझिनँ । कोरियनको कराउने तरिका देखेर हाँसो उठ्यो । हाँसेको देखेपछि ऊ फेरि करायो । बारबारको प्रयासपछि जसोतसो काम गर्न थालेँ । केही बेर काम गरेपछि कोरियन फेरि कराउन थाल्यो । उसको गालीलाई नेपाली साथीले उल्था गरिदिए, मैले अरुको तुलनामा काम थोरै गरेँ रे । बेलुकातिर फेरि सम्झायो कोरियनले । अरू कामदार र मलाई समान तलब दिएकाले मैले काम जान्नैपर्ने र अरूले जति नै गर्नुपर्ने पढायो । भोलिदेखि अरू जत्तिकै काम गर्नू भन्ने उर्दी दिएर गयो । भोलिपल्ट पनि उही प्रक्रिया दोहोरियो । उही गाली । उही सम्झाउने काइदा । उही उर्दी । तर, त्यो दिनदेखि एउटा सुविधा काटियो । कोरियनले आफूले भनेका कुरा नेपाली साथीहरूलाई उल्था गर्न नलगाउने भो । अब कामसँगै मैले कोरियन भाषा पनि बुझ्नैपर्ने भो । काम थालेको पहिलो हप्तासम्ममा म पूरापूर लाटो भएँ । कोरियनको भाषा केसै गरे पनि बुझिनँ । नबुझेपछि अंग्रेजी बोल्ने प्रयास गरेँ, तर उनीहरूले बुझेनन् । केही उपाय नलागेपछि मैले सांकेतिक भाषा प्रयोग गर्न थालेँ । बोली भए पनि म लाटो भएँ । बोल्न सक्नु मात्र बाठो हुनु रहेनछ । मेरो केही उपाय नचल्ने देखेँ । कामको पेलामपेल, गाली, भाषाको समस्या र मुखमा हाल्नै नसकिने कोरियन खानाको स्वादले गर्दा मैले कोरियालाई नर्कसँग तुलना गरेँ । कोरिया आइपुगेको दुई हप्तापछि नै निर्णय गरेँ, अब नेपाल फर्किने । मैले लाखको सपना छाडेँ । मलाई लाखभन्दा आफ्नो प्राण प्यारो लाग्न थाल्यो । त्यसै क्रममा मलाई कम्पनीका अरू दाइहरूले सम्झाए । एक महिनासम्म बस्न राजी भएँ । मनमा भने चिसो पसिरह्यो, कतै एक महिनामा मै जीवित नरहने हुँ कि ? जसोतसो एक महिना बित्यो । साथीहरूकै बलले फेरि एक महिना थप बस्ने भएँ । अर्को महिनामा थोरै बानी परेँ । एवम् रीतले मेरो कोरिया बसाइ लम्बिँदै गयो । नर्कमै रमाउने बानी बस्यो । मेरो कम्पनीले एलमुनियमका पाताहरू काटेर कस्मेटिक आइटमका बोतलको बिर्को बनाउँछ । म तिनै बिर्कोमा रङ गरिसकेपछि पानीमा पखालेर सुकाउने काम गर्छु । सरदर १५ देखि २० मिनेटमा लगभग ४८०० वटा बिर्को १० वटा भाँडाको पानीमा पखालेर लिफ्टमा सुकाउनु मेरो काम हो । यो काम म एक्लै गर्छु, गर्नैपर्छ । दिनको ११ घन्टा यही काम गर्छु । मेरो काम अनुगमन गर्ने ख्वाजाङ (मेनेजर) र मेनेजरको काम अनुगमन गर्ने साजाङ (साहु) ले पनि मैले जसरी नै मसँगै काम गर्छन् । अरु साथीहरुको अरु नै काम छ । कारखानामा प्रेस मेसिन र केमिकल पनि छ । केही साथीहरूले प्रेसमा एलमुनियमका पातासँगै कहिल्यै निको नहुने गरी आफ्ना औंला काटेका छन् । केही साथीको भने शरीरमा केमिकल पोखिएर डढेको पनि छ । मैले एक पटकमा करिब चार सय वटा बिर्को सुकाउँछु । मेरो साहु मैले बिर्को सुकाउँदा प्रत्येक पटक पाँच सेकेन्ड छिटो सुकाओस् भन्छ । उसको अनुसार मैले पाँच सेकेन्ड छिटो बिर्को सुकाएँ भने प्रत्येक २० मिनेटमा (१२ पल्ट सुकाउने समयमा) मैले एक मिनट समय बचत गर्न सक्छु । यसरी गर्दा घन्टामा तीन मिनेट बच्छ । घन्टाको तीन मिनट बच्नु भनेको ११ घन्टामा ३३ मिनेट बच्नु हो । ४० मिनेटमा मेरो डिपार्टले ४८००×३ बिर्को तयार गर्न सक्छ । त्यो बचेको ३३ मिनेटमा मेरो खाना खाने समयको ७ मिनट समय थपेर मेरो साहु प्रत्येक दिन १४ हजार ४ सय बिर्को बढी तयार गर्न चाहान्छ । यो क्रम दिनहुँ भइरहन्छ । पिसाब फेर्न र पानी पिउन जानुपरे यही समय बचत गरेर जानुपर्छ । यही काम मैले विगत ४ वर्ष ६ महिनादेखि लगातार गरिरहेको छु । मेरो साहुको उमेर ७० वर्षभन्दा माथि छ । यो उमेरको मान्छेले आराम गर्नुपर्ने हो । तर, मेरो साहु म जस्तै दिनको आठ देखि ११ घन्टा खट्न सक्छ । कामको समयमा मैले उसको अनुहारमा कहिल्यै मुस्कान देखिनँ । कामको बेला कुनै कोरियन कामदार र म्यानेजरहरूसँग सानो स्वरमा बोल्दैन ऊ । उसको मुखमा एउटा शब्द झुण्डिएको छ– ‘पाल्ली पाल्ली‘ । यसको अर्थ हुन्छ, ‘छिटो छिटो‘ । ऊ मन्त्र जस्तै प्रत्येक कामदारलाई ‘पाल्ली पाल्ली‘ भनिरहन्छ । मेरो यो गन्थन सुनेर तपाईंलाई झ्याउ लागिसक्यो होला । यो त कारखानामा काम गर्ने एउटा साधारण मजदुरको काम हो । यस्ता कुरामा नअल्झौं हामी । कान ठाडा पार्नुस्, अब लाखको कुरा गर्छु । प्रत्येक महिनाको १० तारिख मेरो तलब आउँछ । तलब एक लाख हैन,कहिलेकाहीँ काम गरेको समय बढी हुँदा दुई लाख पनि आउँछ । यो रकम मैले देखेको सपनाभन्दा दोब्बर नै हो । ईपीएस भीसाबाट कोरिया आउने जोकोहीले महिनाको लाख कमाउन सक्छ । मैले पनि करिब ५ वर्षमा ५०/६० लाख कमाएँ हुँला । यो ६० लाखको पहाडले कोरिया आउनुभन्दा अगाडि मैले पालेका सपनाहरूलाई थिचेर कता पुर्‍यायो, थाहा छैन । तर, शहरमा एउटा घडेरी पक्कै जोडिदियो । बैंकमा केही रकम डिपोजिट पनि गराइदियो । मेरा परिवारमा थोरै भए पनि मुस्कान थपिदियो । भाइहरूको पढाइमा मेरा बुबा–आमाको बोझ कम पारिदियो । मैले पढ्दाको ऋण पनि तिरिदियो । यसको बदलामा मैले आफ्नो श्रम मात्र दिएँ । श्रम भनेको मान्छेले नि:शुल्क आर्जन गर्ने मौलिक वस्तु हो । कसैले श्रम नगरे उसको उमेरसँगै त्यो नाशिएर जान्छ । मैले पैसामा साटेको श्रमप्रति साहुसित कुनै आपत्ति छैन । यी त भए लाखका कुरा । अब एकैछिन पख्नुस्, तपाईंसँग पाठ्यक्रमको कुरा गर्छु । पाठ्यक्रम भनेको शिक्षण संस्थामा पढाउनका लागि तयार पारेको पाठ्यवस्तु भनेर हामीलाई थाहै छ । पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार पारिन्छ । खासमा पाठ्यक्रम भनेको दौडको मैदान (Cource of race) हो । एउटा धावकलाई मैदानमा कसरी कुदाउने भन्ने निर्णय पाठ्यक्रमले निर्धारण गर्छ । यस अर्थमा कोरिया मेरो लागि जीवनको मार्गदर्शक र पाठ्यपुस्तक हो । सवाल उठ्ला, कोरिया कसरी जीवनको मार्गदर्शक भयो त ? यहाँ त श्रम बेचिन्छ । जवानी बेचिन्छ । समय बेचिन्छ । उर्वर उमेर परदेशमै बेचेर रोगी र बूढो शरीर लिएर देश फर्कनेहरू धेरै छन् । यसलाई कसरी पाठ्यक्रम मान्ने त ? यो केही हदसम्म सत्य पनि हो । म त्यही सवालको जवाफ दिँदै छु । कोरियाले मलाई धेरै कुरा सिकाएको छ । एउटा मान्छेले कतिसम्म मिहिनेत गर्न सक्छ ? कतिसम्म पसिना बगाउन सक्छ ? माथि उल्लिखित मेरो काम हेरेर तपाईं अनुमान लगाउन सक्नुहुन्छ । हो,मैले आजसम्म भोगेको मेरो जीवनको सबैभन्दा बढी मिहिनेत कोरियामा गरेको छु । यस अर्थमा मैले मिहिनेत गर्न कोरियामा सिकेको हुँ । कहिलेकाहीँ काम गर्दैगर्दा साहुले ‘या‘ (ओए) को ठाउँमा ‘गणेश‘ भनेर बोलाउँदा, काम गर्दागर्दै साहुले धाप मारेर सम्झाउँदा अथवा कुनै दिन साहु घर छिटो जाँदा मलाई असाध्यै खुसी लाग्छ । सानोभन्दा सानो कुरामा पनि म रमाउन थालेको छु । स–साना कुरामा रमाउन सक्नु चानचुने कुरा पक्कै होइन । कोरियाले आफ्नै कामसँग रमाउन र आफ्नै मिहिनेतसँग खुसी हुन सिकाएको छ । एउटै काममा लगातार दिनको ११ घन्टा हराउन सक्नु चानचुने कुरा हैन । मैले साँचो कुरा भन्नुपर्छ, म नेपालमा भए यो काम कुनै हालतमा गर्न सक्ने थिइनँ । यो पनि सत्य हो, एउटा साधारण बिर्को बनाएर ७० जनालाई रोजगारी दिन सक्नु सामान्य कुरा हैन । ७० वर्षे मेरो साहुको काम देखेर मैले लगनशीलता सिकेको छु । कोरियनहरू फोहोरी र डरलाग्दा काम गर्न माहिर हुन्छन् । कारखानामा मैलाधैला भएर जस्तोसुकै काम गरे पनि काम सकिसकेपछि सुकिला भएर हिँड्छन् । एउटा साधारण मजदुर र साहु एकै ठाउँमा खान्छन् । को साहु, को मजदुर चिनिँदैनन् । घरमा बुबाले गाईलाई घाँस हालिदे त भन्दा नाक खुम्च्याउने म आज सेफ्टी ट्याङ्की सफा गर्ने जस्तो अपहेलित काम गर्न सक्ने हुती राख्छु । कामप्रतिको सम्मान मैले कोरियामै सिकेको हुँ । कम्पनीको जन्मदिनमा मेरो साहु प्रत्येक वर्ष एउटा वाक्य दोहोर्‍याइरहन्छ, ‘तिमीहरू जस्तै म पनि एउटा मजदुर थिएँ । १० वर्षको तलब भेला पारेर एउटा मेसिन किनेँ । एउटाबाट दुई वटा बनाएँ । दुई वटाबाट चार वटा बनाएँ । चार बाट आठ । पहिलोमा लाख वन नाफा निकालेँ । दोस्रोमा ५ लाख, तेस्रोमा १५ लाख गर्दै अहिले ४५ वर्षको मिहिनेतमा मासिक करिब ३० करोड वन (करिब तीन करोड रूपैयाँ) नाफा गर्छु ।‘ साहुको यस्तो भाषणबाट डटेर काम गर्न र सफलताका पाइला चाल्न सिकेको छु । साधारण किसानको छोरो हुँ । खेती–किसानीको काम मेरो परिवारले अँगालेको कर्म हो । कोरियामा एक टुक्रा जमिन या गमलामै हराभरा बालीहरू देख्दा मात्र मलाई कृषिको महत्व बोध भयो । मेरो परिवारको बाध्यताको किसानी पेशा त एउटा राम्रो व्यवसाय बन्न सक्दो रहेछ । एउटा किसानको छोरालाई कृषिको महत्व कोरियाले पढायो । मसँग काम गर्ने कोरियनले मलाई जहिल्यै भन्छ, ‘यो काम मेरो हो र यो काम मैले नै गर्नुपर्छ । जसरी भए पनि आजै गर्नुपर्छ । हिजो जति गरेँ, त्योभन्दा अझै धेरै आज गर्नुपर्छ, बरू हिजोभन्दा पाँच मिनेट बढी गरेर भए पनि । किनकि मेरो साहु मेरो भगवान हो । म उसको मुहारमा मुस्कान देख्न चाहन्छु ।‘ उसको कुराबाट मैले कामप्रतिको लगाव कोरियामै सिकेको हुँ । अबका केही दिनपछि म नेपाल फर्कनेछु । नेपाल फर्केपछि म एउटा कृषक बन्छु । मैले कृषि कर्मबाटै टाल्नु छ बुबाको उध्रिएको कमिज । भर्नु छ मुस्कान मुस्कुराउन भुलेकी आमाको ओठमा । मलाई थाहा छ,म असफल हुँदिन । मिहिनेत गरेपछि को असफल हुन्छ ? यो आत्मविश्वास मलाई कोरियाले सिकाएको हो । कोरियाले अरु धेरै कुरा सिकाएको छ । सबैभन्दा मुख्य कुरा त मेरो परिवारका कोही सदस्यलाई पनि वैदेशिक रोजगारीमा पठाउन अब म उत्साहित गर्नेछैन । कोरियामा जति मिहिनेत आफ्नै देशमा गरेँ भने म आफूलाई मात्र पुग्ने हैन, सिङ्गो परिवारलाई पुग्ने कमाउन सक्छु । आफ्नो बलले जति कमाउन सक्छु, त्यसमा म सन्तुष्ट हुनेछु । यस्तो सन्तुष्टि मलाई कोरियाले नै सिकाएको हो । कोरियाले मलाई जिन्दगी सिकाएको छ । मैले यहाँ जति सिकेँ,नेपालमा बसेर वा अन्य कुनै महँगो विश्वविद्यालयमा एसीको वातानुकुलित कोठामा पढेको भए पनि सिक्ने थिइनँ । एउटा डिग्रीको सर्टिफिकेट हातमा लिँदासम्म मलाई यी यावत् कुरा मेरो पढाइले कहिल्यै सिकाएको थिएन । मलाई श्रमभन्दा जालसाजीले जीविकोपार्जन गर्न मजा लाग्थ्यो । म नेपालमा थिएँ भने एउटा जग्गादलाल बन्न सक्थेँ । एउटा पार्टीको झोले भएर राजनीतिक पण्डित बन्न सक्थेँ । गाउँभरिका गुन्डा फटाहाहरूलाई समेटेर डन बन्न सक्थेँ । कालोबजारी लागूऔषध ओसारपसार या अन्य कुनै कुख्यात अपराधी बन्न सक्थेँ । मैले झुट बोलेको हैन, डिग्रीको सर्टिफिकेटले म यिनैमध्येको एक अवश्य हुन्थेँ । म ठोकुवाका साथ भन्न सक्छु, मलाई कोरियाले मानव बनाएको छ । मैले आफैंलाई चिन्न पनि कोरिया नै आउनुपर्‍यो । मेरो दिमागमा हिजो कोरिया आउनुभन्दा अगाडि जसरी लाखवाला विज्ञापनले आगो बाल्यो, कोरिया आएको करिब ५ वर्षपछि आज उस्तै आगो दन्किएको छ । त्यो आगो हो देशप्रेमको । यो सौभाग्य कोरियाले दिएको हो । मलाई जिन्दगी बुझ्न बिना सीपको मजदुर बनेर कोरिया आउनुपर्‍यो । यी माथिका सिकाइ क्रमहरू कुनै घोषित पाठ्यक्रमभित्र पक्कै पर्दैनन् । तर, मलाई ‘म‘ भन्न सिकाउने कोरियालाई के भन्ने त ? पक्कै पनि यो एउटा अघोषित पाठ्यपुस्तक हो । यस मानेमा कोरिया महिनाको लाख मात्र हैन, म जस्ता धैरै युवाका लागि करोडको पाठ्यपुस्तक पनि भइदिएको छ ।
Loading...

हेर्नुहोस भिडियो

तिमीलार्इ रूवाएर हाँस्दिन है

Loading...

हेर्नुहोस भिडियो

यूएर्इमा बढ्दैछन् नेपाली विजनेश म्यान

Loading...

हेर्नुहोस भिडियो

मोदीको नक्कल गर्दै मनोज गजुरेल

modi konakal gardai manoj le hane modi ko byangye
Loading...

हेर्नुहोस भिडियो

‘राधे’मा ‘कमान्डो’ बने निखिल, यस्तो छ फस्टलुक

नायक निखिल उप्रेतीको शिर्ष भूमिका रहेको चलचित्र ‘राधे’को फस्टलुक सार्वजनिक गरिएको छ । वैशाख १ गते रिलिज गर्ने तयारीका साथ निर्माता सुशिल पोख्रेलले फस्टलुक रिलिज गरेका हुन् । जसमा नायक निखिल उप्रेतीलाई कमान्डोको अवतारमा देखाइएको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् । चलचित्रमा लेखन तथा निर्देशन जगदिश्वर थापाको छ । हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको चलचित्रमा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ । दर्शक अहिले एड्भान्स भैसकेको भन्दै नेपाली चलचित्रमा पहिलो पटक फरक कथामा चलचित्र निर्माण गरिएको दाबी निर्माता पोख्रेलले गरेका छन् ।
Loading...

हेर्नुहोस भिडियो

सातौं राष्ट्रिय खेलकुद सम्पन्न, आठौं मध्यपश्चिमाञ्चलमा हुने

इटहरी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ । 7th-national-gameप्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे । राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उनको भनाइ थियो । सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि आजैदेखि तयारीका कामको थालनी हुने जानकारी दिए । विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वलीलाई झन्डा हस्तान्तरण गरे । सशस्त्रलाई फुटबलमा स्वर्ण आजै सम्पन्न फुटबलको अन्तिम खेलमा सशस्त्र प्रहरी नेपाली सेनाको टोलीलाई २–० गोलले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भयो । विजेता सशस्त्र प्रहरी तथा उपविजेता नेपाली सेना र फुटबल खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाल प्रहरी टोलीलाई स्वर्ण, रजत र कास्य पदक समेत उपराष्ट्रपति पुनले प्रदान गरे । पुरुष क्रिकेटको उपाधि एपिएफलाई विराटनगर–मोरङको वैजनाथपुरमा आज सम्पन्न पुरुष क्रिकेटमा स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले प्राप्त गरेको छ । नेपाली सेनालाई ४९ रनले पराजित गर्दै एपिएफले स्वर्ण पदक प्राप्त गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २१ रन बनाएको थियो । एपिएफका कप्तान पारस खड्काले ३८ बलमा एक छक्का र एक चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा एक छक्का र दुई चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए । एक सय २२ रनको विजय लक्ष्य पाएको सेनाले १७ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित हुन पुग्यो । सेनाका नरेश बुढाएरले सबैभन्दा बढी १७ रन बनाएका थिए भने अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । त्यस्तै आज बिहान नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले कास्य पदक जितेको छ । प्रहरीले ३३ रनले जित प्राप्त गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाई एक सय ५५ रनको योगफल खडा गरेको थियो । एक सय ५६ रनको विजय लक्ष्य पाएको मध्यमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २२ रन मात्र जोड्न सक्यो । सोही समारोहमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा उच्च पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको नेपाली सेना, दोस्रो भएको नेपाल प्रहरी र तेस्रो स्थान प्राप्त गर्न सफल सशस्त्र प्रहरी टोलीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको उपाधि पनि दिइएको छ । नेपाली सेना शीर्ष स्थानमा प्रतियोगितामा विभागीय टोलीको बर्चस्व रहेको छ । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा बर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको छ । यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका छन् । त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको छ । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका छन् । पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका छन् ।
Loading...

हेर्नुहोस भिडियो

Teriya Magar मलाई भोट गर्नुस प्लीज Jhalak Dikhla Jaa Final Did Little Master Winner

Teriya Magar मलाई भोट गर्नुस प्लीज Jhalak Dikhla Jaa Final Did Little Master plz teriya lai vote gari jitaunu hola
Loading...

हेर्नुहोस भिडियो

डा. अरुणा उप्रेती भन्छिन्- चामल नहुँदैमा ‘भोकमरी’ हुँदैन

१५ पुस, काठमाडौं । पोषणविद डा. अरुणा उप्रेतीले कर्णालीको ‘भोकमरी’बारे एउटा नयाँ डिस्कोर्स सुरु गरेकी छिन् । कर्णालीमा जेलाई ‘भोकमरी’ भनियो, डा. उप्रेतीको परिभाषामा त्यो ‘भोकमरी’ भित्र निकै ठूलो भ्रमले बास गरेको छ । पोषणविद् डा. उप्रेतीले साढे दुई दशकयता जनस्वास्थ्यप्रति फरक सोच राख्न थालेकी हुन् । जुन सोचलाई उनले अभियानकै रुपमा अघि बढाइरहेकी छिन् । गर्भवती एवं सुत्केरीहरुकी साथीका रुपमा पहिचान बनाएकी यिनै डा. उप्रेतीसँग हामीले यहाँ स्त्री रोग र पोषणसम्बन्धी उनका अनुभवहरुलाई खोतल्ने प्रयास गरेका छौं । सुरुमा स्त्रीरोग विशेषज्ञ भएर चर्चामा आउँदासम्म उनलाई पोषण र पौष्टिक आहारबारे खासै जानकारी थिएन । तर, कर्णालीको एउटा कार्यक्रमले पोषणजस्तो महत्वपूर्ण विषय उपेक्षामा परेको रहेछ भनेर उनको आँखा खुलायो । स्त्रीरोगबाट पोषणविदमा फड्को रसिया(तत्कालीन सोभियत संघ) बाट स्त्रीरोग विशेषज्ञ भएर आएपछि डा. उप्रेतीले ०४३ असारमा प्रसूति गृहमा काम गर्न थालिन् । त्यहीँबाट स्वास्थ्य सम्बन्धी कार्यक्रममा भाग लिन ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिसिन’ (एम्स) गइन् । जहाँ उनको फरक सोचको ढोका खुल्नेवाला थियो । एम्समा उनले आफूभन्दा वरिष्ठ डाक्टरहरुले पोषणको बारेमा कुरा गरेको सुनिन् । बल्ल उनको दिमागमा झट्का लाग्यो । ‘यो त जरुरी कुरा रहेछ, यसबारे त हामीले ध्यानै नदिएका रहेछौ भन्ने अनुभव भयो,’ उनले त्यो बेलाको सन्दर्भ सुनाइन् । सामान्य झैं ठानेर खासै ख्याल नगरिएको तर स्वास्थ्यबारे धेरै महत्वपूर्ण कुरा भन्ने बुझेपछि उनले पोषणबारे कुरा उठाउन थालिन् । महिला स्वास्थ्यको कुरा गरिरहँदा त्यसमा पोषणलाई अनिवार्य जोड्न थालिन् । पौष्टिक तत्वबारे स्वास्थ्यकर्मीहरु आफैं कति बेखबर छन् भन्नेमा उनीसँग एउटा घटना नै छ । प्रसूति गृहमै छँदा उनलाई वीर अस्पतालको परिवार नियोजन शाखामा करारमा काम गर्न पठाइयो । त्यहाँ एकजना नर्सले आफ्नो बच्चालाई चेकजाँचका लागि ल्याएकी थिइन् । निमोनियाग्रस्त ६ महिनाको बच्चा तीन महिनाको जस्तो सानो देखिन्थ्यो । जाँचका क्रममा उनले बच्चालाई प्याकेटको ‘नेस्ले दूध’ ख्वाउने गरेको थाहा पाइन्, त्यो कुराले उनलाई निकै पीडा दियो । ‘नर्स जस्तो मान्छेले आफ्नो दूध नख्वाई बट्टा वा प्याकेटको दूध ख्वाउँछ भने हामीमा जानकारीको कति रहेछ भन्ने महसुस भयो,’ उनले बताइन् । उनले नर्सलाई बट्टाको दूध पोषक तत्वको दृष्टिले उपयुक्त नहुने भनेर बुझाउँदै बच्चालाई आइन्दा आफ्नै दूध ख्वाउन सल्लाह दिइन् । डा. उप्रेतीले ती नर्सजस्ता आमाहरु थुप्रै देखिन् । धेरै बट्टाको दूध ख्वाउने, सेरलेक ख्वाउनेले महँगो हुने भएकाले थोरै ख्वाउने, त्यस्ता बच्चालाई कुपोषण हुने गरेको जस्ता समस्या देखिन् । बच्चाको खानपानमा आमाहरूको हेलचेक्र्याइँ देखेपछि उनले पोषणबारे अभियानै थाल्नुपर्ने आवश्यकता देखिन् । आमाहरुलाई घरकै पोषिलो खानेकुराबारे बुझाउनुपर्छ भन्ने महसुस गरेर उनले २६ वर्षअघि पोषण र पौष्टिक आहारको पक्षमा अभियान थालेकी हुन् । बेसार, मेथी जस्ता मामुली कुराको तागत उप्रेतीले पोषणबारे बताउने अभियान थाल्ने बेलामा नेपालमा मातृ तथा बाल मृत्युदरको अवस्था डरलाग्दो थियो । कुपोषित आमाहरुबाट जन्मिएका बच्चा पनि साना हुने र स्याहार नपुगेर मर्ने गर्थे । कयौ गर्भवती महिलाहरु कुपोषणकै कारण ज्यान गुमाउनुपर्ने अवस्था थियो । जसको बारेमा सञ्चारमाध्यममा खासै समाचार आउँदैनथ्यो । सञ्चारमाध्यम पर्याप्त नभएको त्यो समयमा उनले पोषणबारे सोचेजति बुझाउने माध्यम पनि पाइनन् । ०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो र पत्रपत्रिकाको विस्तार भयो । त्यसपछि उनले घरमै पाक्ने दाल, भात, तरकारी र घरकै खुराक दूध, दही, फलफूल, गेडागुडीको महत्वबारे बढीभन्दा बढी बुझाउने मौका पाइन् । त्यसरी बोल्दै जाने क्रममा महिला स्वास्थ्य र पोषण एक-अर्कासित गाँसिएको रहेछ भन्ने अनुभव गरिन् । अध्ययनहरुले रगतको कमी र कुपोषणका कारण गर्भवती महिलाहरुको मृत्यु हुने कुरा देखाउन थाले । पहिले गर्भवती महिलाहरुलाई रगतको कमी हुँदा आइरन चक्कीमा जोड दिने उनले त्यसपछि घरकै खानाबाट कसरी आइरन पाउन सकिन्छ भनेर जानकारी दिन थालिन् । उनले मामुली मानिएका घरेलु खानेकुराको तागतबारे बताउँदै गइन् । त्यसो त उनलाई डाक्टर नै बनिसकेपछि पनि कुनै पनि घरेलु उपचार विधिका बारे भन्न लाज लाग्थ्यो । आफ्नो बाल्यकालमा हजुरआमा र आमाहरुले पकाएर दिने जाउलो र रोटीमा पाइने पौष्टिक गुण तथा मह, बेसार, मेथी जस्ता वस्तुमा पाइने औषधीय विशेषता उनलाई थाहा थियो । तर, डाक्टरले त्यस्तो सामान्य कुरा गर्न सुहाउँदैन भनेर सायद हिचकिचाउँथिन् । विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरुमा भाग लिन जान थालेपछि भने उनको सोचमा परिवर्तन आयो । त्यहाँ त ठूला डाक्टर र जनस्वास्थ्य विशेषज्ञहरुले नै घरेलु औषधि र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे लेख्ने र बोल्ने गर्दा रहेछन् । ‘उनीहरुले बेसार, नुन, मेथीले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर बोलेको देखेपछि मलाई पनि हौसला आयो, मैले यता आएर त्यसबारे अभियानै सुरु गरेँ’, उनले सुनाइन् । अण्डा बेचेर कोक पिउनेहरु डा. उप्रेतीले देशका विभिन्न जिल्ला घुमेकी छिन् । भातभान्छाको कुरामा महिलाहरु नै जोडिने भएकोले पोषणको महत्व बुझाउन उनले महिलाहरुकै आनीबानीलाई विचारिन् । त्यस क्रममा घरको खानेकुरा कति स्वास्थ्यवर्द्धक छ भनेर धेरैलाई जानकारी नै नभएको पाइन् । कतिपय ठाउँका महिलाहरु त घरको पौष्टिक खानेकुरा बेचेर प्याकेटका खानेकुरा बालबच्चालाई दिने गर्दा रहेछन् । ‘कतिसम्म भने अण्डा, भटमास जस्ता वस्तु बेचेर बिस्कुट, कोक किनेर खाइरहेको देखेँ’, उनले बताइन्, ‘ज्ञानको अभावमा आफू पनि पौष्टिक तत्व नभएको खाना खाने र बच्चाहरुलाई पनि त्यही दिँदा उनीहरु कति कुपोषित होलान् भन्ने लाग्यो ।’ त्यस्तो विकराल अवस्थामा उनी कुपोषण र पोषणयुक्त खानाबारे निरन्तर लेख्न र बोल्न थालिन् । यसरी लेख्दा, बोल्दा उनले ‘पोषणविद’ को संज्ञा पाउन थालिन् । खानपान, पोषण र स्वास्थ्यबारे उनको गहिरो विश्लेषण सुन्दा उनलाई त्यस सम्बन्धी विज्ञ सोच्नु अनौठो पनि थिएन । तर, यथार्थ भने त्यस्तो थिएन । ‘मानिसहरुले मलाई पोषण सम्बन्धमा डिग्री हासिल गरेरै आएको विज्ञ भन्ने सम्झन्छन्, त्यो म हैन । तर, मैले हाम्रो घरैमा उपलब्ध विभिन्न अनाजमा पाइने पोषण र तिनले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावबारे चाहिँ पर्याप्त बुझेकी छु’, डा. उप्रेतीले आफ्नोबारे खुलस्त पारिन् । आफ्नो विषय स्त्रीरोग भए पनि पोषणबारे बोलेकामा उनलाई आजसम्म कसैले नराम्रो प्रतिक्रिया जनाएका छैनन् । तर, कतिपयले अचम्म मान्दै उनलाई सोध्थे, ‘तपाईं एउटा रोगको डाक्टर अर्को विषयमा किन बोल्नुहुन्छ ?’ अर्कोथरीले भन्थे, ‘संसारमा सबैले खाइरहेको चाउचाउ, बिस्कुटबारे तपाईं मात्र किन विरोध गर्नुहुन्छ ? एक्लै बोल्दा यसले के अर्थ राख्छ र ?’ त्यतिबेला उनी बताउँथिन्, ‘डाक्टर भनेको बिरामीको रोग निको पार्ने मात्र हैन, रोग लाग्नुअघि नै स्वास्थ्यको रक्षा कसरी गर्ने भन्ने कुरा नै महत्वपूर्ण हो ।’ चाउचाउ, बिस्कुट र बोतलका पेय पदार्थलाई उनी पत्रु खानेकुरा भन्छिन् । ती वस्तुका कारण धेरै देशका बालबालिकामा मोटोपना, कुपोषण, क्यान्सर, मुटु रोग, मिर्गौला रोग लगायत समस्या भएको भन्दै त्यस्ता वस्तु नखान सम्झाउँदै आएकी छिन् उनले । यो यात्रामा उनले धेरै मानिस खानपान र पोषणाबारे सजग हुँदै गएको देखेकी छिन् । यसबाट डा. उप्रेती विश्वास पनि पलायो, सही कुराको लागि एक्लै आवाज उठाउँदा पनि सुनिँदो रहेछ । चामलको मोहले थलिएको कर्णाली एकपटक अरुणा कामको सिलसिलामा कर्णालीका जिल्लाहरुमा पुगेकी थिइन् । त्यसै क्रममा चाल पाइन्, चामललाई मात्र खाद्यान्न मान्ने मानसिकताले कर्णाली थलिएको रहेछ । त्यहाँ भोकमरी छ भन्दै सरकारले चामल पठाइरहेको प्रत्यक्ष देखिन् । तर, त्यहाँ भोकमरी नै थिएन । स्थानीय मानिसहरु स्थानीय खानेकुरादेखि विरक्तिएर चामलकै भात खाने मोहमा फसेका रहेछन् । सञ्चारमाध्यममा पनि गलत बुझाइ थियो, ती जिल्लामा चामल अभाव हुनासाथै ‘कर्णालीमा भोकमरी’ भन्ने समाचार छापिन्थ्यो । ‘कोदो, मकै, जौ, आलु, सिमी जस्ता अन्न र तरकारी पर्याप्त हुँदाहुँदै सरकारले चामल पठाउँदा त्यहाँका मान्छेहरुको बानी बिग्रिएको रहेछ’ उनले सम्भिmइन्, ‘स्थानीय खाद्यान्न पर्याप्त भए पनि चामल मात्र खोज्ने प्रवृत्तिका कारण समस्या भएको थियो ।’ यस विषयमा डा. उप्रेतीले लेख्न थालेपछि मानिसहरुले पनि ‘खाद्यान्न’ भनेको चामल मात्र हैन रहेछ र कणर्ालीमा भोकमरी छैन भन्ने बुझे । उनी जुम्ला, कालीकोट, मुगु, डोल्पा जस्ता कणर्ालीका जिल्लाहरुमा जाँदा आफूलाई खान स्थानीय खानेकुरा नै माग्थिन् । स्थानीयहरु छक्क पर्थे । उनीहरुलाई लाग्दो रहेछ, काठमाडौं र शहरबजारका मानिसले खाने ‘चामल’ भनेको निकै राम्रो कुरा हो । आफ्नै गाउँमा फल्ने सिमी, कोदो, मकै भनेको चाहिँ नराम्रो हो । उनले स्थानीयलाई घरबारीमै पाइने अन्नको महत्व र त्यसमा पाइने पोषणबारे सम्झाइन् । पत्रपत्रिकामा पनि प्रशस्त लेखिन् । परिणाम स्वरुप अहिले सरकारले पनि आˆनो नीतिमा धेरै सुधार ल्याएको उनी दाबी गर्छिन् । पछिल्लो समय त सरकारले कर्णालीको कालो चामल, सिमी, कोदो, फापर लगायतका खाद्यान्न बिक्रीका लागि काठमाडौंमा ल्याउन थालेको छ । त्यसले पनि स्थानीय खानेकुरा कति पोषिलो रहेछ भन्ने बुझ्न सहज भएको छ । लोकसेवा फेल, अभियानमा पास डा. उप्रेती नेपालमा सुरक्षित गर्भपतनको कानुनी मान्यता नहुँदाको समयमा यसको पक्षमा आवाज उठाउने व्यक्ति पनि हुन् । गर्भपतनले मान्यता नपाउँदा त्यसले महिलाहरुलाई समस्या परेको भनेर उनलाई चिन्तामा पारेको थियो । डा. उप्रेतीले सरकारी सेवामा प्रवेश गर्नका लागि ०४३ सालमा लोकसेवाको जाँच दिएकी थिइन् । तर, दुई पटक जाँच दिएकोमा दुवै पटक फेल भइन् उनी । त्यसपछि उनका श्रीमान् डा. विश्ववन्धु शर्माले अब लोकसेवा नदेऊ भन्ने सुझाव दिए । सरकारी जागिरमा हुँदा त्यसभित्रका नीति-नियममा बाँधिएर गर्भपतनबारे खुला रुपमा बोल्न सकिन्न भन्ने भन्ने कुरा पनि श्रीमानले गरे । त्यो सुझाव चित्त बुझेर उनले त्यसपछि जाँच नै दिइनन् । फर्केर हेर्दा त्यो निर्णय ठीकै भयो जस्तो लाग्छ अहिले उनलाई । त्यसबेला लोकसेवा फेल भएकै कारण उनी विदेशमा गएर पढिन् । त्यस क्रममा युद्ध चलिरहेको बेला अफगानिस्तान, सुडान, लाओस्, इरान, श्रीलंका जस्ता मुलुकमा गएर आठ वर्षसम्म कामको अनुभव बटुलिन् । विदेश र नेपालको अहिलेसम्मको अनुभवबाट उनले सिकेको पाठ यस्तो छ, ‘हाम्रो स्वास्थ्यका लागि डाक्टर, औषधि र अस्पताल मात्र हैन, हाम्रो संस्कृति र परम्परालाई पनि अनुशरण गरियो भने लाभदायक हुन्छ ।’ अहिलेसम्म उनले गरेको काम पनि त्यही ‘फ्युजन’ हो । आधुनिक चिकित्सासँगै घरेलु र प्राकृतिक औषधि, खानपानको बाटो उनले अपनाएकी छिन् । चिकित्सा कर्मको सुरुवाती चरणमा डा. उप्रेती एक वर्षको करारमा प्रसूति गृहमा काम गर्दै थिइन् । त्यही बेला त्यहाँ असुरक्षित गर्भपतनका कारण एउटी महिलाको मृत्यु भयो । त्यस घटनाले उनलाई अत्यन्तै दुःखी तुल्यायो । त्यसपछि उनले त्यहाँ कार्यरत चिकित्सक तथा नर्ससित छलफल चलाइन् । असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ कि सकिँदैन भनेर बहस सुरु गरिन् । त्यसबारे उनले लेखिन् पनि । ‘त्यतिबेला सबैजनाले गर्भपतनलाई कानुनी रुप दिनु हुँदैन भनेका थिए । स्वास्थ्य क्षेत्रका कतिपय साथीहरुसहित धेरैले विरोध जनाएका थिए,’ उनी अवरोध झेलेको दिन सम्झिन्छिन् । सुरक्षित गर्भपतनको पक्षमा विस्तारै माहौल तयार हुँदै गयो । अरु स्वास्थ्यकर्मीहरुले पनि आवाज उठाउन थाले । निरन्तर आवाज उठाएको झन्डै १८ वर्षपछि ०६१ सालमा सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दियो । यो सफलतालाई कसरी अथ्र्याउँछिन् उनी ? ‘त्यो मेरो जिन्दगीको सर्वाधिक खुशीको क्षण थियो’, डा. उप्रेतीले मुस्कान छर्दै भनिन् ।
Loading...

हेर्नुहोस भिडियो

हरेक प्रेम जोडीलाई रुवाउने गीत "पहिलो मायाले धोका दियो"

New Nepali SuperHit Adhunik Song 2073/2016 "पहिलो मायाले धोका दियो"
Loading...

हेर्नुहोस भिडियो

धुर्मुस-सुन्तलीका लागि स्पेनमा भित्ते पात्रो बिक्री

बार्सिलोना । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को तेश्रो एकीकृत बस्ती निर्माण सहयोगका लागि रकम संकलन गर्न स्पेनमा भित्ते पात्रो बिक्री सुरु गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनले अँग्रेजी नयाँ बर्ष २०१७ लागि तयार गरेको भित्ते पात्रो बिक्री गर्दै रकम संकलन गर्न सुरु गरिएको हो। भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेलगत्तै मञ्चले रकम संकलन गरेर पठाउने निर्णय गरेको थियो। मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै नयाँ बर्षका लागि तयार गरिएको भित्ते पात्रो सार्बजनिक गरेको छ। पात्रो बनाउँदा बिज्ञापन मार्फत जुटेको ३ सय १५ यूरो मञ्चले धुर्मुस सुन्तलीलाई संस्थागत सहयोग गर्ने निर्णय समेत गरेको छ। बाँकी रकम भित्ते पात्रो बिक्रीबाट स्पेनस्थित संघ संस्था तथा नेपाली समुदायबाट संकलन गर्ने मञ्चले जनाएको छ। स्पेनका लागि प्रर्यटनदूत दीपक खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। धुर्मुस सुन्तलीलाई सहयोगका जुटाउनका लागि हेमन्त रानाभाटलाई संयोजकको जिम्मेबारी तोकिएको महासचिव लक्ष्मण शर्माले जानकारी दिए। मञ्चका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले अंगेजी नयाँ बर्षको शुभ-कामना सहित अभियान सफलताको कामाना गरेका थिए। मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेगखोलाका बाढी तथा पहिरो पीडित ६४ घर परिवारलाई राहत हस्तान्तरण गरेको थियो।
Loading...

हेर्नुहोस भिडियो

प्रिन्स हृयारीदेखि टाइटानिकको हिरोसम्मले रुचाएको बर्दिया निकुञ्ज किन छायाँमा पर्‍यो ?

१५ पुस, काठमाडौं । तराई क्षेत्रकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज नेपालमा मात्रै चर्चित छैन, विदेशीहरुका लागि पनि यो एउटा आकर्षक गन्तव्य हो । तर, सरकार र पर्यटनमा सरोकार राख्ने निकायले प्राथमिकतामा नराख्दा बर्दिया राष्ट्रिय निकुञ्ज छायाँमा परेको गुनासो बर्दियाबासीले गरेका छन् । यहाँ अचेल पर्यटक आउने क्रम घटेको स्थानीयको गुनासो छ । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा सामान्य पर्यटकलाई मात्रै होइन, विश्वकै चर्चित व्यक्तिहरुलाई स्वागत गरिसकेको छ । विषेश गरेर बाघ, माछा, गोहीको प्रत्यक्ष अवलोकनका लागि आकर्षक गन्तव्य मानिने बर्दियामा बेलायती राजकुमार प्रिन्स हृयारीदेखि टाइटानिकका हिरोसम्म पुगेका छन् । गत वर्ष नेपाल भ्रमणमा आएका प्रिन्स हृयारी बाघ हेर्नकै लागि बर्दिया पुगेका थिए । विश्व वन्यजन्तु कोषले बाघ संरक्षणका लागि चलाइरहेको विषेश अभियानलाई साथ दिँदै हृयारी बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जलाई हृयारीले निकै रुचाएका थिए । स्थानीय पर्यटन व्यवसायी मोहन चौधरीका अनुसार हृयारीले बर्दियामा भैरहेको बाघ संरक्षणको अभियानलाई निकै सम्मान गरेका थिए ।
Loading...

हेर्नुहोस भिडियो

कमिसन दोब्बर नबनाए ग्यासको बिक्री रोक्ने ब्यवसायीको घोषणा

kankai-gas १२ पुस, काठमाडौं । डिलरले पाउने कमिसन बढाउन माग गर्दै ग्यास बिक्रेताहरुले कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलहरुको सरकारलाई नै तालाचाबी बुझाउने चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्यास मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको हो । महासंघले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६७ रुपैयाँ बनाउन माग गरेको हो । उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ६ वर्षदेखि कमिसन नबढेकाले यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण ठप्प पार्ने चेतावनी दिए । तत्काल डिलरको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारिएको अध्यक्ष अर्यालले बताए । डिलर र डिलरमा काम गर्नेहरुको बिमा हुनुपर्ने, ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने र व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग महासंघले अघि सारेको छ । डिलरलाई इजाजत दिँदा तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् । माग पुरा नभए आगामी पुस २९ देखि ग्यास उद्योगमा धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । यसैगरी नेपाल आयल निगम घेर्ने कार्यक्रम पनि सँगसँगै छ । आफ्नो माग सम्बोधन नभए ग्यासको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ । आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ ।
Loading...

हेर्नुहोस भिडियो

सम्झौतामा चुक्दा इजरायलको रोजगारी अन्योलमा, सरकारी पहल फितलो

१५ पुस, काठमाडौं । यो तस्वीर बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयको प्रवेशद्वारको हो । कार्यालयको गेटमै किन यसरी ‘इजरायलमा रोजगारी खुलेको छैन’ भनेर टाँसियो होला ? विभागका कर्मचारी भन्छन्, ‘इजरायल खुलेको हो भनेर सोध्न आउनेको संख्या धेरै भएपछि यसो नगरी सुखै भएन ।’ इजरायलले अहिले थप नेपाली कामदारका लागि रोजगारीको अवसर दिएको छैन । त्यहाँको सरकारले सरकारीस्तरबाट कामदार लिन छाडेको छ । नेपाल सरकारले नेपाली कामदर लैजाने कामलाई निरन्तरता दिन गरेको आग्रहलाई इजरायलले नकारेको छैन तर, उसले तत्काल थप नेपाली कामदारलाई लैजानेबारे मौनता साँधेको छ । त्यसैले नेपाली कामदारले राम्रो कमाइ गर्ने आकर्षक गन्तब्य इजरायलमा सरकारी तवरबाट दशैंपछि कामदार पठाउन सकिएको छैन । इजरायलले नेपालबाट बालबालिका र बृद्धबृद्धाको हेरचाहको लागि केयर गिभर कामदार लैजाने गरेको छ । तर, पछिल्लोसमय इजरायलले कामदार लिन छाडेको छ । सम्झौतामा चुकेको सरकार सम्झौतामा जम्मा ६० जनाका लागि मात्रै रोजगारी दिने उल्लेख गर्दा यो अवस्था आएको हो । सम्झौतामा सरकार कसरी चुक्यो भन्नेबारे अहिले श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारी अचम्मित छन् । अहिले इजरायल जाने मानसिकता बनाएर हिब्रु र अंग्रेजी भाषाको तालिम लिएकाहरु अन्यौलमा परेका छन् । इजरायलले नेपालसाग गरेको समझदारीअनुसार पछिल्लोपटक ५९ जना केयर गिभर नेपालबाट लगेको थियो । rama-bhattaraiनिर्देशक भट्टराई सम्झौताका बेलामा सरकारले बताएअनुसार अब २ सय ४१ नेपाली कामदार इजरालयलले लैजानपर्ने हो । तर, इजरायलसँग भएको त्यो समझदारीमा बाहिर भनिएजस्तो ३ सय कामदार लिने समझदारी नभएको पाइएपछि इजरायल यसबाट तर्किनु स्वभाविक देखिएको छ । अब थप कामदार लैजान इजरायल बाध्य नभएको नेपाली सरकारी अधिकारीले बताउन थालेका छन् । इजरायलसँग भएको एमओयुमा ६० जना कामदार लैजाने विषय मात्रै उल्लेख भएको भेटिएको छ । यसअघि विभागका अधिकारीहरु ३ सय जनाको कोटा भएको र पहिलो चरणमा ५९ जना उडेकाले अब थप कोटामा कामदार इजरायल जाने बताइरहेका थिए । तर, अहिले सम्झौता अध्ययन गर्दा ३ सय कामदार लैजानेबारे कतै उल्लेख नभएको पाइएको विभागकी प्रवक्ता रमा भट्टराई बताउँछिन् । जवाफ आएन उनले एमओयूमा ६० जना कामदार लगेर उनीहरुको कामको मूल्यांकन गरेर मात्रै थप कामदार लैजानेबारे निर्णय गर्न सकिने उल्लेख रहेको भट्टराईले बताइन् । विभागले इजरायललाई पत्र लेखेर थप कामदार लिनेबारे सोधेको थियो । तर, लामो समय बित्दापनि त्यसको जवाफ आएको छैन । विभागले नेपालस्थित इजरायलको दूतावासमा पनि यसका लागि पहल गरेको छ । तर, दूतावासले पनि यसबारे अनविज्ञता जनाएपछि अब इजरायलमा थप कामदार जान पाउने/नपाउने भन्नेबारे अन्यौल छ । समझदारीका बेलामा परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वार्षिक १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको बताइएको थियो । तर, यो विषय सम्झौतामा उल्लेख नै गरिएको छैन । इजरायल किन आकर्षक गन्तब्य ? israel कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिएको छ । इजरायलले मागको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिएको हो । इजरायलमा विशेष गरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयर गिभर लिने गरिएको छ । विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकामा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए । यी कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।
Loading...

हेर्नुहोस भिडियो

श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

१५ पुस, काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको छ । नेपालको जितमा सपना लामाले निर्णायक गोल गरिन् । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् । जितसँगै ३ खेलबाट ९ अंक जोडेको नेपाल समूह एको विजेता बनेको छ ।
Loading...

हेर्नुहोस भिडियो

New Lok Dohori 2073 | Nachyo Jhilke - Shiva Hamal & Sharmila Kandel | Ft.Karishma Dhakal & Nabin

New Lok Dohori 2073 | Nachyo Jhilke - Shiva Hamal & Sharmila Kandel | Ft.Karishma Dhakal & Nabin
Loading...

हेर्नुहोस भिडियो

Badri Pangeni & Rekha Lama New Song- Pakeko Phal

New Nepali Lok Dohori 2073 | Pakeko Phal - Badri Pangeni & Rekha Lama | Ft.Shankar BC & Rasmi Tamang
Loading...

हेर्नुहोस भिडियो

Bishnu Majhi New Nepali song | PAGAL MAN |HD FT: Sundarmani/Monica

Bishnu Majhi New Song- Pagal Man Sapana Music Presents: Apuro (Modern Song ) Song: Pagal Man,Vocal: Bishnu Majhi,Lyrics/Music: Sundarmani Adhikari,Direction: Shiva B.K.,Camera: Shambhu Chalise,Edit: Sujan Shahi,Artists: Sundarmani Adhikari & Monika Dahal,Pro/dist/Post Production: Sapana Music Industries Pvt. Ltd.,You can watch the video
Loading...

हेर्नुहोस भिडियो

Swarup Raj Acharya New Song 2073 Paat Jharna Nadeu पात झर्न नदेउ बोटको || Full Video || BAYAAN

Swarup Raj Acharya New Song 2073 Paat Jharna Nadeu bot ko || Full Video || BAYAAN
Loading...

हेर्नुहोस भिडियो

Pramod Kharel New Song 2073

Pramod Kharel New Song 2073 || Sangai Bachne Kasam सँगै बाँच्ने कसम || Full Video ||
Loading...

हेर्नुहोस भिडियो

बन्दुक बोकेर दश बर्ष बिताएकी मिरा राई अहिले विश्व म्याराथनमा नेपाललाई चिनाँउदै

नेसनल जियोग्राफी च्यानलले वर्षेनी वितरण गर्ने ‘एड्भेन्चररर्स अफ द इयर’ अवार्डको मनोनयनमा परेकी नेपाली अल्ट्रा धाविका मीरा राई अचेल त्यसकै भोटका लागि अपिल गरिरहेकी हुन्छिन् । अवार्डमा उनलाई जिताऊँ भन्दै सामाजिक सञ्जालमा व्यापक पहल पनि भइरहेका छन् । फ्रान्स र हङकङमा आयोजित विश्व म्याराथनमा सफलता हासिल गरेकी राई व्यक्तिगत प्रतिस्पर्धामा नेपालबाट विश्वस्तरमा छानिएकी पहिलो खेलाडी हुन् । भोजपुरमा जन्मेकी उनै पूर्वमाओवाडी लडाकु, मीराबारे शुक्रबार काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा ४२ मिनेट लामो डकुमेन्ट्री प्रदर्शन गरियो । लोयड बेलचरले निर्देशन गरेको ‘मीरा’ वृत्तचित्रमा मीराको संघर्ष र साहस खिचिएको छ । ‘उनलाई धेरैले नचिन्दा बेलादेखि नै मैले उनीमाथि फिल्म बनाउन थालेको थिएँ,’ निर्देशक लोयडले भने, ‘उनीमार्फत् लगनशीलता र अठोटले मान्छेलाई साहसी र सफल बनाउँछ भन्ने देखाउन खोजेको छु ।’ भोजपुरको सानो दुम्नादेखि इटाली र हङकङ सहरसम्मकै यात्रा फिल्ममा समेटिएको छ । युनिभर्सिटी अफ हङकङमा समाजशास्त्र अध्यापन गराउने लोयडले मीरालाई हङकङमै भेटेका थिए । त्यहाँ मीराको खेल देखेपछि र उनीबारे बुझै जाँदा कथा रोचक लागेको उनले बताए । ‘सामाजिक विषयवस्तुका फिल्म बनाउन मनपर्छ मलाई,’ फोटोग्राफरसमेत रहेका लोयडले भने, ‘मीराको कुरा समाजलाई प्रेरणा बन्न सक्छ भन्ने लागेपछि उनलाई पछ्याउन थालेँ ।’ विभिन्न देशमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने पहिलोपटक किम्फमा देखाइएको थियो । महोत्सवको दोस्रो दिन ‘मीरा’ सँगै ‘डटर्स अफ द कभ्र्ड मुन’, ‘द डल्स फनेरल’ र ‘लिचेज’ नामक महिला केन्द्रित चारवटा फिल्म प्रदर्शन गरिए । सबैमा दर्शकको भीड लोभलाग्दो थियो । मिरन्डा मोर्टन र सोफी डिया पेग्रमले बनाएको ‘…कभ्र्ड मुन’ मा जुम्लाका महिलाको बदलिँदो धारणा समेटिएको थियो । त्यसलगत्तै आर्नल्ड गलेन्टको ‘द डल्ज फनेरल’ प्रस्तुत गरियो जसमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकी छोरीबारे अनविज्ञ आमाको रोदन देखाइएको थियो । हराएकी छोरी जीवित छैन भन्ने भएपछि कुशको मान्छे बनाएर दाह संस्कार गरिएका मार्मिक दृश्य फिल्ममा समेटिएका थिए । ‘अझै पनि हजारौं मान्छे बेपत्ता छन्, तिनको अवस्थाबारे परिवारले सत्यतथ्य थाहा पाउनुपर्छ,’ इन्टरनेसनल कमिटी अफ रेडक्रसमा काम गरेका गलेन्टले भने, ‘मृत या जीवित टुंगो नहुँदा उसको परिवारले बेहोर्ने मानसिक पीडा भयावह हुन्छ ।’ रेडक्रसमै काम गर्दाताक बैजनी चौधरी (फिल्मकी प्रमुख पात्र) सँग भेट भएपछि उनीबारे फिल्म बनाउनु आवश्यक लागेको गलेन्टले बताए । १२ मिनेटको फिल्ममा बेपत्ता छोरीकी आमाको मनोदशा हृदयस्पर्शी छ । साँझको सोमा प्रदर्शित ‘लिचेज’ मा भने भारतीय निर्देशक पायल सेठीले महिला बेचबिखनको विषय उठाएकी छन् ।
Loading...

हेर्नुहोस भिडियो

राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी

अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो । एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे ।
Loading...

हेर्नुहोस भिडियो

जुम्ल्याहा दाजु-भाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरे, श्रीमती चिन्नै गाह्रो !

उस्तै देखिने जुम्ल्याहाहरु चिन्न धेरैलाई मुस्किल पर्छ । उनीहरुलाई उस्तै उस्तै देखेर मानिसहरु झुक्किन्छन् र हाँस्छन् । तर जुम्ल्याहाको पिडा आफ्नै ठाँउमा छ । यदी कसैले आफ्ना दुई उस्तै जुम्ल्याहालाई अर्को जुम्ल्याहा दिदीबहिनी वा दाजुभाईसँग बिहे गरिदिन्छ भने समस्या सुरु हुन्छ । उनीहरुका श्रीमान् वा श्रीमतीलाई नै आफ्ना पार्टनर चिन्न समस्या हुन्छ । यस्तो समस्यालाई हल गर्नका लागि चीनमा भर्खरै बिहे गरेका दुई जुम्ल्याहा जोडीले प्लास्टिक सर्जरी गर्ने निर्णय गरेका छन् । चीनको सान्छी प्रान्तका जुम्ल्याहा दाजुभाई झाओ छिन र झाओ सुनले छिमेकी गाउँका दुई जुम्ल्याहा दिदीबहिनी यिन फेइ र युन यांगसँग डेटिंग सूरु गरेदेखी नै समस्या सूरु भयो । उनीहरु एउटै विद्यालयमा पढ्ने गर्दथे । गत महिना उनीहरु विवाह बन्धनमा बाँधिए । दाजूभाई र दिदीबहिनी दुबै उस्तै भएका कारण अहिले यो जोडी समस्यामा छ । उनीहरुको आवाज समेत उस्तै छ । उनीहरुको विवाहका दिन आएका पाहुना तथा आफ्नै अभिभावकलाई समेत उनीहरुलाई चिन्न अफ्टेरो भएको थियो । प्लास्टिक सर्जरीको उपाय भने त्यतिबेला मात्रै फुर्यो जतिबेला एक भाईले गल्तिबस आफ्नै अर्का भाईकी श्रीमतीको आफ्नी श्रीमती सम्झेर समाए । झाओ छिले यस्तो गरेपछि उनकी भाउजु युन यांगले थप्पड लगाएकी थिइन् । उनले झाओल जनाजान यस्तो गरेको सोचेकी थिइन् । तर अब यस्तो समस्या सुल्झाउन उनीहरुले प्लास्टिक सर्जरी गर्ने निष्र्कष निकालेका छन् । उनीहरुले हनिमूनमा जानु अगावै प्लास्टिक सर्जरी गरेर एकअर्कामा फरक छुट्याउने भएका छन् । उनीहरु सबैको उमेर २२ वर्षको छ । उनीहरुले सर्जरीका लागि सांघाईस्थित अस्पतालको भ्रमण गरिसकेका छन् ।एजेन्सी
Loading...

हेर्नुहोस भिडियो

धादिङ्गको सात बर्षीय बालिकाको अर्को बबाल डान्स ( भिडियो हेर्नुस)-स्टेप अप धादिङ्ग

जहा इच्छा त्यहाँ उपाय भने झै प्रतिभावान व्यक्तिको लागि अवसर पाइन भनेर पीर लिएर बस्नु पर्ने बेला भने गएको छ । पछिल्लो समय आफ्ना क्षमता उजागर गर्ने राम्रो वातावरण बनेको छ यूटुयुव च्यानल । यूट्युव च्यानल मार्फत नै स्टेप अप धादिङ्गले आफ्नो नृत्य प्रस्तुत गर्दै लाखौ दर्शककोे मन जित्दै गएको छ । यसले विभिन्न गीतहरुमा आकर्षक कभर नृत्यहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो समय आफ्नो प्रस्तुती लाखौको मात्रामा दर्शकहरुले मनपराएको स्टेप अप धादिङ्गका कोरियाग्राफर इमान तामाङ्गले बताएका छन् । अवका दिनमा पनि अझ राम्रा र आकर्षक नृत्यहरुे दर्शक माझ प्रस्तुत गर्दै जाने तामाङ्गले बताएका छन् । यस्तै तामाङ्गले नै कोरियोग्राफ गरेको मोहित मुनाल र सूनिता थेगिमको बाउ बाजेको पालाको बोलको गीतमा गरेको नृत्य पनि दर्शकमाझ चर्चा बटुल्न तथा मन जित्न सफल भएको छ ।
Loading...

हेर्नुहोस भिडियो

राजनितिमा छिर्दै नायिका रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीमा हालै प्रवेश गरेकी नायिका रेखा थापाले आफ्नो पूर्व पार्टी नेकपा माओवादी केन्द्र लगायत अन्य कम्युनिष्ट पार्टीका नेताहरुप्रति कडा चुनौती दिएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको भक्तपुरमा भएको मध्यमाञ्चलस्तरीय भेलामा बोल्दै उनले विदेशीको विचारबाट बनेका कम्युनिष्ट पार्टीहरुले देशको हित गर्छन् भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरिन् । पार्टी प्रवेश गरेपछि पहिलो पटक आसभामा बोलेकी नायिका थापाले राप्रपालाई प्रतिगामी भन्नेहरुप्रति कटाक्ष गरिन् । b माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले भनिन् ‘हाम्रो पार्टीलाई प्रतिगामी भनिदोरहेछ, राष्ट्रियता बचाउन र हिन्दु राष्ट स्थापनाका लागि प्रतिगामी भनिन्छ भने रेखा थापा त्यसमा उभिन तयार छ ।’ उनले थपिन्, ‘एउटी आमा अस्पतालमा छटपटाएर बसिरहेकी छिन्, उनलाई औषधी उपचार गराएर घर लैजानु चाहिँ प्रतिगमन, अनि सोझै आर्यघाट लैजानु चाहिँ अग्रगम ? यस्तो आत्मघाती अग्रगमन हामीलाई स्वीकार्य छैन । देशका लागि मनुपरे पनि तयार हुनुपर्छ ।’ पार्टी एकता पछि अब राप्रपा देशकै पहिलो ठूलो पार्टी बन्ने पनि दाबी गरिन् ।
Loading...

हेर्नुहोस भिडियो

विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन्

कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् ।
Loading...

हेर्नुहोस भिडियो

आमा ढुङ्गा बोकेर भएपनि पढाउनु पछि हेर्छु’ छोराको कुराले विदेश जाँदैछिन् भावना

साउदी जान लाग्दा दिदीले भावनालाई सँगै विदेश हिँड भनेर पटक पटक भन्नुभयो तर भावना मान्नुभएन । त्यति बेला दिदीले भारतको बाटो हुँदै जाने भनेपछि उहाँले त्यसमा जोखिम देख्नुभयो । त्यही भएर म त्यसरी जान्न भनेर बस्नुभयो । तर अहिले विदेश नगइ नहुने बाध्यता आयो । साउदी गएकी दिदी उतै सम्पर्कविहीन हुनुभएको छ । न भनेको बेलामा बोल्न पाइन्छ न त परिवारमा परेका सारो गाह्रो सुनाउन नै । विदेश गएका अरु महिलाको अवस्था राम्रो छैन भन्ने हरेक दिन जसो सुन्नुहुन्छ । त्यही माथि पढाइ पनि छैन भावनाको । त्यसैले विदेश जान जोखिम छ भन्ने थाहा छ उहाँलाई । तर जोखिम हुँदा हुँदै पनि विदेश जान बाध्य हुनुभएको छ । श्रीमान् र तीनजना छोरी अनि सासु ससुरासहित ७ जनाको परिवार भावनाको । कैलालीको चौमाला गाविसको राजिपुरमा बस्ने भावनाको परिवारको आफ्नो जग्गा जमिन पनि छैन अनि घर पनि । त्यसैले झण्डै १२ वर्षअघि श्रीमान दिपक भारत जानुभयो । भावनालाई श्रीमानले कमाउनुहुन्छ अनि त घरपरिवारको अवस्था सुध्रिन्छ भन्ने लागेको थियो । श्रीमानले कमाउनु पनि भयो । श्रीमानकै कमाइले परिवारलाई लागेको पहिल्यैदेखिको ऋण पनि तिर्नुभयो । त्यसपछि भने उहाँलाई भारतको भन्दा धेरै कमाउने आशा जाग्यो । भारतको कमाइले ऋण तिरेँ अब विदेश जान पाए कमाउन र जमाउन सकिन्थ्यो भन्ने लागेर उहाँ घर फर्किनुभयो । श्रीमानको योजना भावनालाई पनि ठिकै लाग्यो । त्यसैले उहाँले विदेश पठाउने पैसा जोहो गर्न थाल्नुभयो । काठमाडौं आएका दिपकलाई पासपोर्ट बनाउन ४५ हजार रुपैयाँ लाग्यो । ‘५ हजारदेखि ५५ सय रुपैयाँसम्ममा बन्ने पासपोर्टका लागि त्यत्रो पैसा खर्च भयो । त्यो दलालले पैसा खाइदिएछ’ भावनाले धेरै पैसा लाग्नुको कारण सुनाउनुभयो । पासपोर्ट लिएर म्यानपावर पुगेका दिपकलाई ड्राइभरको काममा पठाइदिने भन्दै डेढ लाख रुपैयाँ लियो । पासपोर्ट बनाउँदा, काठमाडौं आउँदा जाँदा अनि बस्दाको खर्च सबै जोड्ला अढाइ लाख रुपैयाँ लाग्यो । खर्च भएपनि कमाइ पनि हुन्छ भन्ने आशा थियो भावनाका जोडीलाई । त्यही भएर आफूसँग पैसा नहुँदा पनि ऋण खोजेर विदेश जाने आँट गरे । साउदी पुगेका दिपकले भनेकै काम पाउनुभयो । कमाइ पनि ठिकै थियो । तर काम थालेको ९ महिना नपुग्दै दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परेपछि दिपकलाई टाउको दुख्ने समस्या देखियो । ‘अलिअलि त भारतमा हुँदा पनि दुख्थ्यो तर दुर्घटनापछि खप्नै नसक्ने गरी टाउको दुख्न थाल्यो’ दिपकले भन्नुभयो । टाउको दुख्ने समस्या बढ्दै गएपछि दिपक एकोहोरो हुन थाल्नुभयो । ‘समस्या विस्तारै मानसिक समस्या जस्तो देखिन थालेछ त्यही भएर घर फर्कायौं’ भावना भन्नुहुन्छ । श्रीमानलाई घर त ल्याउनुभयो तर भावनासँग उहाँको उपचार गर्ने पैसा छैन । त्यसमाथि छोराहरुलाई पढाउने खर्च पनि भावनाकै काँधमा छ । भावनाका ९, ६ र ५ वर्षका छोरा छन् । सुरुमा त छोराहरु सरकारी विद्यालय पढ्थे । श्रीमानले केही कमाएपछि अरुका छोराछोरीले जस्तै पढाइ राम्रो होस् भनेर भावनाले उनीहरुलाई पनि बोर्डिङमा भर्ना गर्नुभयो । बोर्डिङ हाल्दा छोराको कक्षा घटेपनि खर्च बढ्यो । सरकारी विद्यालयमा तीन कक्षामा पढ्दै गरेका ठूलो छोरा बोर्डिङमा यु केजीमा पुग्यो भने अरु दुई जना नर्सरीमा भर्ना भए । श्रीमानले कमाउञ्जेल सासु ससुरासँग मिलेर आफूले चलाएको सिलाइ पसलको कमाइले घरको खर्च धान्दै थियो । तर श्रीमान बिरामी भएर फर्किएपछि सिलाइ पसलको कमाइले पुग्ने कुरै भएन । त्यसैले भावना अब विदेश जाने निधोमा पुग्नुभयो । उहाँले विदेश जान पासपोर्ट बनाइसक्नुभएको छ । तर अरु धेरै महिला जस्तै समस्यामा पो परिने हो कि भन्ने चिन्ता छ उहाँलाई । ‘जोखिम छ भन्ने पनि थाहा छ तर छोराको भविष्य हेर्नुपर्यो नी सर । अहिले मलाई ढुङ्गा बोकेर भएपनि पढाउनु म पछि तपाईंलाई हेर्छु ममी भन्छ अनि म के गर्नु’ भावना भन्नुहुन्छ । दिदी बेपत्ता भएको कुराले झस्काउँछ अवस्था कमजोर हुँदै गएकाले भावनाले तयारी गरेको केही महिना भयो । आफूसँग सिलाइको सीप भएकाले त्यही काममा विदेश जान भावनाको तयारी छ । त्यसकै लागि उहाँले यही पुस २६ गतेदेखि सिलाइको तालिम पनि लिँदै हुनुहुन्छ । तालिम लिएर जाने तयारी भएपनि दिदी साउदीमै सम्पर्कविहीन भएको घटनाले झस्काइरहेको छ भावनालाई । त्यति मात्रै होइन रेडियो, टिभी अनि पत्रपत्रिकामा विदेशमा समस्यामा परेका महिलाका कुरा सुन्नु, हेर्नु, अनि पढ्नुभएको छ । ‘त्यसैले कतै मलाई पनि त्यस्तै हुने हो कि भन्ने निकै डर लाग्छ’ भावना भन्नुहुन्छ । उहाँकी दिदी भारत हुँदै साउदी जानुभएको थियो । एक वर्षसम्म फोन हुँदै थियो तर त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको छ । त्यही भएर पनि भावना धेरै आत्तिनुभएको छ । उहाँकी साथी डेढ वर्षअघि जोर्डन जानुभएको थियो । सिलाइकै काममा गएकी साथी श्रीमान् विदेशबाट फर्किने बित्तिकै फर्किन पाउनुभयो । त्यसैले उहाँ जोर्डन नै जान लाग्नुभएको हो । तर रहरभन्दा धेरै बाध्यता भएको उहाँ बताउनुुहुन्छ । भन्नुहुन्छ ‘बाध्यता थिएन भने यति धेरै जोखिम हुँदा हुँदै किन जान्थें र ?’
Loading...

हेर्नुहोस भिडियो

New Nepali lok dohori song 2073/2016| Yo mutuko dhukdhuki| Puskal Sharma & Devi Gharti

New Nepali lok dohori song 2073/2016| Yo mutuko dhukdhuki| Puskal Sharma & Devi Gharti| HD
Loading...

हेर्नुहोस भिडियो

यि हुन्, झलक बिजयी भए तेरियाले पाउने उपहारहरु, गुन्युचोलीमा नेपालीलाई उनको यस्तो अपिल

देश बिदेशमा रहनुहुने आदरणिय नेपाली दाजु भाइ दिदी बहिनिहरुको अपार मायाले DID लिटिल च्याम्प विनर बने । तपाईंहरुको म प्रतीको आशालाइ मुर्तरुप दिन म सधै प्रयास गरिराखेकी छु । नेपाल र नेपालिको शिर उच्च पार्न DID सिजन–१ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु महेश्वरी सङ्ग ‘झलक दिख लाजा सिजन -9 प्रोग्रामको फाइनलमा कम्पिटिसन गरिरहेको छु ।
Loading...

हेर्नुहोस भिडियो

यि हुन्, झलक बिजयी भए तेरियाले पाउने उपहारहरु, गुन्युचोलीमा नेपालीलाई उनको यस्तो अपिल

देश बिदेशमा रहनुहुने आदरणिय नेपाली दाजु भाइ दिदी बहिनिहरुको अपार मायाले DID लिटिल च्याम्प विनर बने । तपाईंहरुको म प्रतीको आशालाइ मुर्तरुप दिन म सधै प्रयास गरिराखेकी छु । नेपाल र नेपालिको शिर उच्च पार्न DID सिजन–१ एवं ‘झलक दिखला जा’ कै पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता शान्तनु महेश्वरी सङ्ग ‘झलक दिख लाजा सिजन -9 प्रोग्रामको फाइनलमा कम्पिटिसन गरिरहेको छु ।
Loading...

हेर्नुहोस भिडियो

जब तेरियाले करण जौहार, ज्याक्लिन र फराहलाई ढाका टोपी लगाईदिईन्/ उनीहरुले यसो भने (भिडियो)

तेरियाले यसरी लगाईदिईन- करण, ज्याकलिन र फराहलाई नेपाली ढाका टोपी/ Bollywood Actors in Dhaka Topi
Loading...

हेर्नुहोस भिडियो

कतारबाट सस्तो दरमा नेपालमा कल गर्न सकिने

कतारबाट सस्तो दरमा नेपालमा कल गर्न सकिने काठमाडौः अब कतार गएको बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सकिने भएको छ । नेपाल टेलिकम र ओरिडु कतारबीच भएको सम्झौतासँगै नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताले कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्नसक्ने भएका हुन् । नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । गत मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट एक्टिङ सीईओ आजिएस खालिद अल मन्सुरीले हस्ताक्षर गरेका छन् । यो सेवा जनवरीदेखि लागू हुने टेलिकमले जनाएको छ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा पनि नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ ।
Loading...

हेर्नुहोस भिडियो

मलेसियाबाट बाबुको शव नआई किरिया सकेर आमाले अर्कैसँग बिहे गरेपछि ३ वर्षीय छोरा सहायता खोज्दै

काठमाडौं, पुस ६– वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय नयाँबानेश्वरमा प्रायः विदेशमा ज्यान गुमाएका र अंगभंग भएकाका आफन्त भेटिन्छन् । आफन्त गुमाउनु पर्दाको पीडा उनीहरुको अनुहारमा प्रष्टै पढ्न सकिन्छ । आर्थिक सहायता पाएका केही पीडित कहिल्यै निको नहुने चोटमा थोरै भएपनि मलम लगाएर फर्किन्छन् । तर केहीले भने, कागजात नमिल्दा वा अन्य प्रक्रिया नपुग्दा झनै दुःख पाउँछन् । तर जाजरकोटको टालेगाउँ २ का विकास नेपालीको अनुहारमा यस्तो कुनै पीडा देखिदैनथ्यो । मलेसियामा बाबु गुमाएका तीन वर्षे विकास आर्थिक सहायताका लागि ठूलोबाको साथ लागेर सोमबार प्रवद्र्धन बोर्ड पुगेका थिए । बोर्डको कार्यालयमा पनि विकास उसैगरि चकचक गरिरहेका थिए । उनलाई थाहा थिएन बाबुको मृत्यु र बाबुको नाममा पाइने आर्थिक सहायता । न त थाहा थियो आमाको ममता नै । उनलाई काखी च्यापेरै ठूलाबा धर्मे नेपालीले भाइका कागजात प्रवद्र्धन बोर्डमा बुझाए । कार्यालयको दोश्रो तलामा रहेको ४ नम्बर कोठामा पुगे । उनलाई निवेदनमा हुलाक टिकट टाँस्नुपर्छ भन्ने थाहा थिएन । विकासलाई काखी च्यापेरै टिकट खोज्न गए र तोक लगाएर दर्ता शाखामा झरे । निराश, मलिन अनुहारका धर्मेले निवेदनमा तोक लागेपछि अव त काम होला भन्ने आश गरेका थिए । बोर्डकी कर्मचारीले फायल पल्टाएर कागजात चेकजाँच गरिरहँदा उनका नजर त्यतैतिर थिए । तर विकासलाई बडाबाले के गर्दैछन् भन्ने थाहा थिएन । उनको ध्यान त्यता भन्दापनि ठुलाबाबाट फुत्किएर चकचक गर्नेमै हुन्थ्यो । दोहोर्याई तेहेर्याई कागजात हेरेपछि बोर्डकी कर्मचारीले भनिन् ‘तपाईंको कागजात पुगेनन् । यतिले पैसा दिन मिल्दैन ।’ धर्मेले बुझाएको फायलमा वैदेशिक रोजगार विभागले दिने श्रम स्वीकृतिको पत्र र सक्कली राहदानी थिएन । विभागको पत्र त ल्याउँला भन्ने आँट थियो धर्मेलाई । किनभने विभागको कार्यालय बोर्डको कार्यालय भन्दा केही मिनेटको दूरीमा मात्रै छ । तर सक्कली राहदानी मलेसियामै हराएको थियो । भाइको शवसँग आउनु पर्ने राहदानी आएको थिएन । त्यसपछि छटपटिएका धर्मेले केहिबेरपछि फेरि माथिल्लो तलामा गएर सोधे । माथिल्लो तलाका कर्मचारीले भने, ‘सक्कली राहदानी छैन भने निवेदन दिनुस् मलेसिया स्थित नेपाली दूतावाससँग बुझौंला ।’ सोमबारै बोर्डको काम सकेर वीमा कम्पनीमा पनि पुग्ने सोच बनाएका धर्मेको दिन यतै बित्ने छाँट देखियो । एक जना स्थानीय नेता र भतिजो पनि साथमै थिए । विकासलाई भतिजोको साथमा बोर्डको कार्यालयमा छाडेर धर्मे पत्र लिन विभागको कार्यालय वुद्धनगर पुगे । विभागबाट श्रम स्वकृतिको पत्र लिएर फर्किंदा बोर्डको कार्यालय बन्द भैसकेको थियो । कार्यालय बन्द भैसक्दा झपक्क साँझ पर्न लागेको थियो भने काठमाडौंको चिसो बढ्दै गएको थियो । आजै काम नहुने भएपछि अव धर्मेलाई नाबालक सहितका आफन्तलाई बासको टुँगो लगाउने चिन्ता थियो । शव नआउँदै किरिया गरेर अर्कैसँग विवाह बाबु भक्तबहादुर मलेसिया जाँदा विकास ६ महिनाका मात्रै थिए । २०७० सालको माघ १२ गते जन्मेका विकासलाई आमा डिल्सराको साथमा छाडेर बुबा असारमा मलेसिया हिँडेका थिए । उद्योग कामदारका रुपमा मलेसिया पुगेका भक्तबहादुरले काममा चित्त बुझाएनन् । चार महिनापछि कम्पनी परिवर्तन गरे । त्यसपछि अवैधानिक भएका भक्तबहादुरलाई त्यहाँ रहन बस्न समस्या त छँदै थियो केही भएमा समेत कानूनी अप्ठेरो पर्ने निश्चित थियो । उनले भागेर गल्ती गरिसकेका थिए । चार महिनापछि कम्पनी छाड्दासम्म भक्तबहादुरले एक सुकोपनि पैसा घरमा पठाएका थिएनन् । जाँदा डाइनमिक पोजिसन म्यानपावरलाई डेढ लाख रुपैयाँ तिरेका थिए । भागेर सम्पर्क बिहीन भएपछि मलेसियामा कार्यरत आफन्त र साथीभाइले सोधी खोजी गरे । तर पत्ता लाउन सकेनन् । कुनै अत्तोपत्तो नभएका भक्तबहादुरको एकै चोटी मृत्युको खबर आयो । जाजरकोटकै हरीबहादुर खड्काले भारतमा कार्यरत धर्मेलाई फोन गरेर मृत्युको खबर सुनाए । भाइको मृत्युको खबर लिएर धर्मे भारतबाट फर्किए । अनि, जिल्ला प्रशासन कार्यालय जाजरकोटमा शव झिकाउन सहयोग माग्दै निवेदन दिए । तर महिनौं बित्दा पनि प्रशासनले कुनै प्रतिक्रिया दिएन । बुझ्दा केहि प्रक्रिया गरिएको रहेनछ । २०७१ सालको माघ १० गते बितेका भक्तबहादुरको शव आउने छाँटकाँट नदेखेपछि २०७२ को साउनमा दाह संस्कार गरे । बाबु परदेशमा बितेपनि विकासलाई केहि थाहा थिएन । त्यतिबेला सम्म विकासकी आमा डिल्सरा साथमै थिइन् । तर श्रीमानको दाहसंस्कार सकेपछि डिल्सरा विकासलाई साथै लिएर माइती गइन् । माइत र घर ओहोर दोहोर गर्नेक्रममै डिल्सराको झाप्राका युवकसँग प्रेम सम्बन्ध झाँगिदै गयो । ती युवकसँगको सम्बन्धका कारण डिल्सरा गर्भवती भइन् । अनि दुधे बालक विकासलाई माइत जाजरकोटको दसेरामा छाडेर १८ वर्षे डिल्सराले तिनै युवकसँग पाँच महिना अघि विवाह गरिन् । केहि समयअघि बाबु गुमाएका विकासले त्यसपछि आमाको साथ पनि गुमाउनु पर्यो । पहिले रोईकराई गरेका विकास विस्तारै आमाको साथ पनि भुल्न बाध्य भए । आश मारिसकेको लास यसरी आयो यता घरमा भक्तबहादुरको किरिया सकिएको थियो । परिवारले लास आउने आश मारिसकेका थिए । तर मलेसियामा शव वेवारिसे अवस्थामा थियो । त्यहाँको प्रहरीले नेपालीको शव भन्ने थाहा पाएपछि नेपाली दूतावासमा खबर गर्यो । दूतावासले परिवार पत्ता लगाउन नसकेपछि प्रवासी नेपाली समन्वय समिति पिएनसिसीका मलेसिया प्रतिनिधी रामचन्द्र नेपाललाई खबर गर्यो । त्यसपछि पिएनसिसीले परिवार पत्ता लगाएर प्रवद्र्धन बोर्डमा निवेदन गर्न सहयोग गर्यो । दूतावासको अनुरोधमा प्रवद्र्धन बोर्डको आर्थिक सहयोगमा झण्डै दुई वर्षपछि मंसिर १८ गते भक्तबहादुरको शव नेपाल आयो । लास आउने आश मरेपछि डेढ वर्ष अघि किरिया गरेका उनीहरुले दोश्रो पटक फेरि दुई दिने काज किरिया गरे । त्यसपछि आर्थिक सहायताका लागि प्रवद्र्धन बोर्ड र बीमा कम्पनीमा धाइरहेका छन् तीन वर्षे विकास । डीसीनेपाल बाट साभार।
Loading...

हेर्नुहोस भिडियो

झापामा पुगेर इजरायली राजदुत यारोंन मेयरले भने हामी नेपाललाई कृषिमा आधुनिकीकरणमासहयोग गर्न तत्पर छौ

दमक, १ पुस । नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ ।
गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका लागि प्रत्येक वर्ष ५०० नेपाली युवालाई इजरायलमा कृषि तालिममा लैजाने गरेको उल्लेख गर्नुभयो । इजरायलमा गएका नेपालीले त्यहाँ सिकेको सीप नेपालमा ल्याएर प्रयोग गरे प्रशस्त रोजगारीका अवसर सिर्जना हुनसक्ने उहाँको भनाइ छ ।

राजदूत मेयरले नेपालले कृषिमा आधुनिकीकरण गर्न सके प्रचुर आम्दानी लिन सकिने हुने बताउँदै इजरायलमा एउटा गाईले दैनिक ५० देखि ६० लिटर दूध दिने हुँदा त्यस्ता गाईलाई नेपाल ल्याएर दूध उत्पादन बढाउने प्रविधि प्रदान गर्न सकिनेछ भन्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले निर्वाहमुखी कृषिलाई छाडेर आधुनिक कृषि औजारको प्रयोग गरी आफ्नै गाउँबाट मनग्य आम्दानी लिन सकिने भएकाले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले हलो जुवाको भरमा कृषि उत्पादन नहुने बताउनु हुँदै समयअनुसार कृषिमा वैज्ञानिकीकरण गर्न किसान पनि लाग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा संस्थाका कृषि प्राविधिक हरि सिलवालले महारानीझोडाको सहकारीको नमूना एकीकृत सहकारी खेतीको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा राजदूत मेयरले सहकारीले सञ्चालन गरेको सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र, नमुना एकीकृत सहकारी खेती, गाईपालनको अवलोकनसमेत गर्नुभएको थियो ।
Loading...

हेर्नुहोस भिडियो

Danger Dance In Nepal

In 1994, parliament passed the Criminal Justice and Public Order Act, which gave special powers to the police to shut down the many free, illegal parties that had sprung up in abandoned government buildings, disused industrial spaces and the fields beyond the M25 since the emergence of acid house in the 1980s. In case of any doubt that this legislation was intended to target electronic dance music specifically, Section 63 of the act defines the soundtrack of these “raves” as “predominantly characterised” by “a succession of repetitive beats”.
There was widespread objection from the scene. The electro duo Autechre released the track “Flutter”, which attempted to subvert the law with a deliberately off-kilter rhythm. (The sleevenotes recommended that DJs keep “a lawyer and a musicologist present” to fend off “police harassment”.)


Loading...

हेर्नुहोस भिडियो

बिहानै धादिङमा दुखद दुर्घटना : तीनको मृत्यु

धादिङ, १ पुस । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।



ग २ च ४५७२ न. को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...

हेर्नुहोस भिडियो

मधेसी एक युवाले मधेसी मोर्चाक नेताहरु लाइ यी १५ प्रश्न सोध्दै भने ओली मधेस विरोधी कि जनताको रगत चुसेर परिवारको भकारी भर्ने तपाईहरु विरोधी ?



काठमाडौं,   मधेसका युवा नेता सञ्जीव झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई १५ वटा प्रश्न गरेका छन् । आफ्नो नेतृत्वमा रहेको सरकारबाट आजसम्मकै इतिहासमा सबैभन्दा बढी मधेसको विकासको लागि मधेसमैत्री बजेट दिएका राजनेता केपी ओली मधेस विरोधी हो कि मधेसी जनताको रगत चुसी आफ्नो र आफ्नो परिवारको भकारी भर्ने तपाईहरु मधेसी विरोधी ? प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका झाले मधेसी मोर्चाको आन्दोलन र नेताहरुको कार्यशैलीमा असन्तुष्टि जनाउँदै आन्दोलन मधेसी जनताका लागि कि छिमेकीका लागि ? भन्दै १५ वटा कडा प्रश्न गरेका हुन् । मधेसबारे संक्षिप्त टिप्पणी गर्दै सञ्जीव झाले सोधेका प्रश्न यसप्रकार छन्ः

मधेसी जनताले खोजेको समानता र न्याय हो । जसको अर्थ हुन्छ विकास । तर, मधेसी मोर्चा जसरी लागु औषध सेवन गरेका मान्छेलाई कुनै सिद्धान्त आवश्यकता पर्दैन् त्यसैगरी मोर्चाका नेताहरु सत्तासेवनबाट ग्रसित छन् । यिनीहरुको कुनै सिद्धान्त छैन् जसरी पनि सत्ता चाहिन्छ । बोलिबचनमा मधेसको मुद्दा दर्शाउँदा पनि वास्तवमा चाहिने भनेको मुद्रा नै हो । ‘मुद्दा मधेसको मुद्रा आफ्नो’ । काठमाडौंको बास, संसदको तलबभत्ता र शक्ति केन्द्रको भोजनबाट ग्रसित यी मोर्चाका नेताहरु मधेसका युवाहरुलाई विनाकारण सहिद बनाई सत्ताका भर्याङ चढ्दै आएका छन् । कुरा नेपालको गर्ने, नागरिकता नेपालको राख्ने, सत्ता नेपालको चाहिने तर सेवा छिमेकी मुलुकको गर्ने ? यसबारेमा मधेसी मोर्चाले हामीलाई तुरुन्त जवाफ दिनुपर्छ ।
१) विगत १७ वर्षदेखि लगातार कुनै न कुनै रुपमा सत्तामा रहँदै आएका मोर्चाका नेताहरु कुनै दुईटा मधेसलाई केन्द्रीत विकासको काम देखाउनुस् ? ५४ जनालाई सहिद बनाएर ५६ वटा मन्त्रालय चलाएका मोर्चाका नेताहरुले कति सुधार गरे ?
क) मधेसको आर्थिक उन्नतिका लागि कुन कुन कार्य गरे ?
ख) मधेसमा कतिवटा शैक्षिक संस्थाहरु खुले ?
ग) मधेसका कतिवटा कलकारखाना खुले ?
घ) कतिवटा राजमार्ग कतिवटा उप राजमार्गहरु बने ?
ङ) कतिवटा अस्पताल र शिक्षण अस्पताल (मेडिकल कलेज) खुले ?
२) एमालेका सांसदहरुको आफ्नो क्षेत्रको विकास योजना सार्वजनिक गर्दै आएका छन् । हिम्मत छ भने तपाईहरुका सांसदको कार्यक्रम सार्वजनिक गरेर देखाउनुस् ।
३) समानुपातिक सभासद कस कसलाई र किन बनाइयो ? जनताले दिएका अभिमतलाई घरभित्र किन पसाउनुभयो ? (जस्तै श्रीमतीलाई सांसद बनाउने कुरा) । के तपाईको पार्टीमा अरु उत्पीडनमा परेका नेता कार्यकर्ता थिएन् ? त्यसैगरी मधेसका सहिद परिवारहरु यसका लायक थिएन् ?
४) हाल तपाईहरु सत्तापक्ष हुनुहुन्छ । मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदले अहिलेसम्म ५० लाख किन पाएनन् ?
५) अंगीकृत नागरिकताधारीलाई संवैधानिक प्रमुख पदमा पुर्याउने कुनैपनि मधेसी जनताको माग होइन् भने तपाईहरु कसका लागि र किन मरिहत्ते गर्दैहुनुहुन्छ ?
६) मधेसका कति जिल्लामा कति प्रतिशतले हिन्दी बोल्छन् । (संसदमा मोर्चाका नेताबाहेक भुगोलका कुनै मधेसी जनता हिन्दी बोल्दैनन् । उनीहरु बोल्ने भाषा मैथली, भोजपुरी, अवधि र थरुहट आदी मातृ भाषा हुन् । यिनका मातृ भाषालाई गौण गर्नेगरी किन र कसका लागि हिन्दी भाषालाई राष्ट्रिय र कामकाजको भाषा बनाउन मरिहत्ते गर्दैहुनुहुन्छ ?
७) स्रोतविहिन मधेस भुगोलका मात्रै प्रदेश बनाएर विना योजना हचुवाका भरमा सीमाकंन गरेर तराई र पहाडबीचको राष्ट्रिय सद्भाव किन विथोल्न खोज्दै हुनुहुन्छ ? तपाईहरुको मकसद के हो ?
८) तराईका सीमांकृत वर्ग, दलित वर्ग, उत्पीडित वर्गको हकहितको लागि तपाईहरु किन संगठित रुपले आवाज उठाउनुहुन्न् ?
९) भारतीय प्रहरी नेपालमै पसेर मधेसी युवालाई गोली हान्दा र घरमै घुसेर कुटपीट गर्दा तपाईहरु किन बोल्नुहुन्न् ?
१०) सुस्ता क्षेत्र लगायत देशका विभिन्न भागामा भारतले सीमा मिच्दा विरोधमा तपाईको मुखारविन्दबाट किन शब्द निस्कदैन् ? ११) आफ्नै पूर्वमन्त्री र उपप्रधानमन्त्रीको पोर्टफोलियो बिर्सेर राष्ट्रिय मुद्दामा राय लिन किन लैनचौर (भारतीय दूतावास) जानुहुन्छ ?
१२) मधेसमा रहेका माधवअधिकारवादी संस्था र अधिकारकर्मीको अवस्थामा किन सुधार आएन् ?
१४) मधेसका कति शहिदले सम्मान पाए, घाइतेहरुको अवस्था के छ, शहिद परिवारको अवस्था कस्तो छ ?
१५) मधेसको गरिब, सीमाकृत र उत्पीडित वर्गको सम्मान तथा अधिकारको लागि ‘रे नहि जी क हो आन्दोलन, भकारी फोडो आन्दोलन, मुछ उखाडो आन्दोलन, तमसुफाडो आन्दोलन’ आन्दोलनको नेतृत्व गरेका र आफ्नो नेतृत्वमा रहेको सरकारबाट आजसम्मकै इतिहासमा सबैभन्दा बढी मधेसको विकासको लागि मधेसमैत्री बजेट दिएका राजनेता केपी ओली मधेस विरोधी हो कि मधेसी जनताको रगत चुसी आफ्नो र आफ्नो परिवारको भकारी भर्ने तपाईहरु मधेसी विरोधी ? र, अर्काे कुरा आफ्नै क्षेत्रका जनताहरुले त तपाईलाई पत्याएनन्, चुनावमा हराएर पठाए । यस्ता नेताले नेतृत्व गरेको पार्टी कस्ता होलान् । र, मधेसको नेतृत्व गर्छु भन्नु कति हास्यास्पद हो ?

Loading...

हेर्नुहोस भिडियो

सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव छैन : देउवा



चितवन, १ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताए ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा (एमाले)ले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यावहारिक नभएको बताए ।तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको भन्दै सभापति देउवाले क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । मधेसवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नको जवाफमा उनले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गरे ।

संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो । विसं २०७४ माघभित्र कुनै पनि हालतमा तीनवटै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने सभापति देउवाले बताए।संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो । सत्तारुढ दलहरुले कुनै पनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उनले सबै सकारात्मक भएमात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताए ।
Loading...

हेर्नुहोस भिडियो

Nepal Vs India Cricket Match Live Streaming – U19s Asia Cup

The Nepal National Cricket Team (Nepali: नेपाल राष्ट्रिय क्रिकेट टिम) is the team that represents Nepal in international cricket. They have been an Associate Member of the International Cricket Council since 1996, having previously been an Affiliate Member since 1988. Nepal were awarded Twenty20 International status by the ICC in June 2014.Nepal made their maiden appearance in the ICC global event at the 2014 ICC World Twenty20 in Bangladesh. They have been participating in international matches since 1996, including every ACC Trophy tournaments. Nepal also participated in ICC World Cup Qualifier in 2001 and 2014, ICC World Twenty20 Qualifier in 2012, 2013 and 2015, ICC Intercontinental Cup in 2004 and 2005, ACC Fast Track Countries Tournament in 2004, 2005 and 2006, ACC Twenty20 Cup in 2007, 2009, 2011 and 2013, Asian Games in 2010 and 2014 and ACC Premier League in 2014. Unlike some other smaller cricketing nations, where teams are largely made up of expatriates, Nepal's national team comprises indigenous players who have usually come through the ranks playing age-group cricket.
Loading...

हेर्नुहोस भिडियो

आफ्नी श्रीमती खाने गोहीसँग यसरी बदला लिए श्रीमानले - फोटोफिचर सहित

जेन्सी । युगान्डाका दिमित्री नाबिरी चार महिनाअघि घर नजिकै पोखरीमा पानी लिन गएकी थिइन् । तर, उनलाई एउटा गोहीले आफ्नो शिकार बनायो । उनका श्रीमान मुबारक बाताम्बुज स्तब्ध भए । किनभने उनकी श्रीमती त्यतिबेला गर्भवती थिइन् । यो घटनामा उनले श्रीमती मात्र गुमाएनन्, पेटमा रहेको सन्तान पनि गुमाए । तर, जब उक्त गोही पुनः त्यही क्षेत्रमा आयो तब नाबिरीका श्रीमानको क्रोधको सामना गर्नु प¥यो ।
जो आफ्नी श्रीमतीको हत्याको बदला लिन तयार थिए । गत महिना कसैले भन्यो कि नाबिरीलाई खाने गोही फेरि देखिएको छ । यो कुरा सुनेर उनी केही साथीका साथ पोखरी किनारा पुगे । उनी भन्छन्–गोही निकै ठुलो दैत्याकारको थियो । हामीलाई त्यसलाई ढुंगाले हानेर मार्ने कोशिस ग¥यौ । तर, हामीले त्यसलाई केही गर्न सकेनौं । ढुंगाले हानेर केही नहुने देखेपछि मुबारक बाताम्बुज नजिकै लोहारकोमा पुगे । उनले भने– म एउटा राक्षेसको सामना गर्न गइरहेको छु । जसले मेरी श्रीमती र उनको पेटमा रहेको बच्चा मारेको थियो । म त्यसको बदला लिन चाहन्छु । त्यसैले मलाई एउटा यस्तो भाला बनाए देऊ जसबाट म उक्त गोही मार्न सकुँ । लोहारले उनका लागि एउटचा यस्तो भाला बनाए जसको किनारमा काँटा लगाइएको थियो ।

मुबारक भन्छन्–गोहीले मेरी श्रीमतीलाई सिंगै निलेको थियो । उनको शरीरको कुनै अंग वा कपडा पनि देखिएको थिएन । जसबाट म पहिचान गर्न सकुँ । यो मेरो संसार अन्त्य भएको थियो । मेरो सबै कुरा लुटिएको थियो । भाला बनाएर जब उनी गोही मार्न पुगे, गोही त्यही थियो । त्यसलाई देखेर मुबारकका साथीहरु डराए । मुबारकलाई रोके । मुबारक भन्छन् कि उनलाई कुनै डर थिएन गोहीसँग लड्दालड्दै उनको मृत्यु पनि हुन सक्थ्यो । उनले भने–मैले गोहीलाई नजिकै गएर भाला घोपेँ जबकि मेरा साथीहरुले पछाडिबाट ढुंगा हानिरहेका थिए । गोहीले आफ्नो मुख खोलेर ममाथि आक्रमण गर्ने कोसि गर्दागर्दै मैले त्यसलाई डोरीमा फसाएँ । यो लडाई करिब डेढ घण्टा चलेको थियो । यसक्रममा गोही मारियो ।


गोही मारेपछि मुबारक र उनका साथइहरु गाउँ पुग्दा स्थानीयले कुनै हिरोलाई जसरी स्वागत गरे युगान्डाका जीव अधिकारी ओसवाल्ड तुमान्याका अनुसार गोही चार मिटरभन्दा पनि लामो र करिब ६ सय किलो तौलको थियो । गोहीको शवलाई कांपलास्थित माकारेरे विश्वविद्यालय लगियो । जहाँ एक पशुचिकित्सकले शव परीक्षण गरे । गोहीको पेटमा एउटा हड्डी भेटियो । तर, यो स्पष्ट भएन कि उक्त हड्डी मानिसकै हो । अस्ट्रेलियास्थित चार्ल्स डार्विन विश्वविद्यालयका गोही विशेषज्ञ एडम ब्रिटन भन्छन्–सामान्य परिस्थितिमा यो असम्भव छ कि १२ हप्तापछि पनि गोहीको भूँडीमा कुनै आहाराको कुनै हड्डी बलिरहोस् ।
Loading...

हेर्नुहोस भिडियो