Loading...
हेर्नुहोस भिडियो
काठमाडौं, मधेसका युवा नेता सञ्जीव झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई १५ वटा प्रश्न गरेका छन् । आफ्नो नेतृत्वमा रहेको सरकारबाट आजसम्मकै इतिहासमा सबैभन्दा बढी मधेसको विकासको लागि मधेसमैत्री बजेट दिएका राजनेता केपी ओली मधेस विरोधी हो कि मधेसी जनताको रगत चुसी आफ्नो र आफ्नो परिवारको भकारी भर्ने तपाईहरु मधेसी विरोधी ? प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका झाले मधेसी मोर्चाको आन्दोलन र नेताहरुको कार्यशैलीमा असन्तुष्टि जनाउँदै आन्दोलन मधेसी जनताका लागि कि छिमेकीका लागि ? भन्दै १५ वटा कडा प्रश्न गरेका हुन् । मधेसबारे संक्षिप्त टिप्पणी गर्दै सञ्जीव झाले सोधेका प्रश्न यसप्रकार छन्ः
मधेसी जनताले खोजेको समानता र न्याय हो । जसको अर्थ हुन्छ विकास । तर, मधेसी मोर्चा जसरी लागु औषध सेवन गरेका मान्छेलाई कुनै सिद्धान्त आवश्यकता पर्दैन् त्यसैगरी मोर्चाका नेताहरु सत्तासेवनबाट ग्रसित छन् । यिनीहरुको कुनै सिद्धान्त छैन् जसरी पनि सत्ता चाहिन्छ । बोलिबचनमा मधेसको मुद्दा दर्शाउँदा पनि वास्तवमा चाहिने भनेको मुद्रा नै हो । ‘मुद्दा मधेसको मुद्रा आफ्नो’ । काठमाडौंको बास, संसदको तलबभत्ता र शक्ति केन्द्रको भोजनबाट ग्रसित यी मोर्चाका नेताहरु मधेसका युवाहरुलाई विनाकारण सहिद बनाई सत्ताका भर्याङ चढ्दै आएका छन् । कुरा नेपालको गर्ने, नागरिकता नेपालको राख्ने, सत्ता नेपालको चाहिने तर सेवा छिमेकी मुलुकको गर्ने ? यसबारेमा मधेसी मोर्चाले हामीलाई तुरुन्त जवाफ दिनुपर्छ ।
१) विगत १७ वर्षदेखि लगातार कुनै न कुनै रुपमा सत्तामा रहँदै आएका मोर्चाका नेताहरु कुनै दुईटा मधेसलाई केन्द्रीत विकासको काम देखाउनुस् ? ५४ जनालाई सहिद बनाएर ५६ वटा मन्त्रालय चलाएका मोर्चाका नेताहरुले कति सुधार गरे ?
क) मधेसको आर्थिक उन्नतिका लागि कुन कुन कार्य गरे ?
ख) मधेसमा कतिवटा शैक्षिक संस्थाहरु खुले ?
ग) मधेसका कतिवटा कलकारखाना खुले ?
घ) कतिवटा राजमार्ग कतिवटा उप राजमार्गहरु बने ?
ङ) कतिवटा अस्पताल र शिक्षण अस्पताल (मेडिकल कलेज) खुले ?
२) एमालेका सांसदहरुको आफ्नो क्षेत्रको विकास योजना सार्वजनिक गर्दै आएका छन् । हिम्मत छ भने तपाईहरुका सांसदको कार्यक्रम सार्वजनिक गरेर देखाउनुस् ।
३) समानुपातिक सभासद कस कसलाई र किन बनाइयो ? जनताले दिएका अभिमतलाई घरभित्र किन पसाउनुभयो ? (जस्तै श्रीमतीलाई सांसद बनाउने कुरा) । के तपाईको पार्टीमा अरु उत्पीडनमा परेका नेता कार्यकर्ता थिएन् ? त्यसैगरी मधेसका सहिद परिवारहरु यसका लायक थिएन् ?
४) हाल तपाईहरु सत्तापक्ष हुनुहुन्छ । मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदले अहिलेसम्म ५० लाख किन पाएनन् ?
५) अंगीकृत नागरिकताधारीलाई संवैधानिक प्रमुख पदमा पुर्याउने कुनैपनि मधेसी जनताको माग होइन् भने तपाईहरु कसका लागि र किन मरिहत्ते गर्दैहुनुहुन्छ ?
६) मधेसका कति जिल्लामा कति प्रतिशतले हिन्दी बोल्छन् । (संसदमा मोर्चाका नेताबाहेक भुगोलका कुनै मधेसी जनता हिन्दी बोल्दैनन् । उनीहरु बोल्ने भाषा मैथली, भोजपुरी, अवधि र थरुहट आदी मातृ भाषा हुन् । यिनका मातृ भाषालाई गौण गर्नेगरी किन र कसका लागि हिन्दी भाषालाई राष्ट्रिय र कामकाजको भाषा बनाउन मरिहत्ते गर्दैहुनुहुन्छ ?
७) स्रोतविहिन मधेस भुगोलका मात्रै प्रदेश बनाएर विना योजना हचुवाका भरमा सीमाकंन गरेर तराई र पहाडबीचको राष्ट्रिय सद्भाव किन विथोल्न खोज्दै हुनुहुन्छ ? तपाईहरुको मकसद के हो ?
८) तराईका सीमांकृत वर्ग, दलित वर्ग, उत्पीडित वर्गको हकहितको लागि तपाईहरु किन संगठित रुपले आवाज उठाउनुहुन्न् ?
९) भारतीय प्रहरी नेपालमै पसेर मधेसी युवालाई गोली हान्दा र घरमै घुसेर कुटपीट गर्दा तपाईहरु किन बोल्नुहुन्न् ?
१०) सुस्ता क्षेत्र लगायत देशका विभिन्न भागामा भारतले सीमा मिच्दा विरोधमा तपाईको मुखारविन्दबाट किन शब्द निस्कदैन् ? ११) आफ्नै पूर्वमन्त्री र उपप्रधानमन्त्रीको पोर्टफोलियो बिर्सेर राष्ट्रिय मुद्दामा राय लिन किन लैनचौर (भारतीय दूतावास) जानुहुन्छ ?
१२) मधेसमा रहेका माधवअधिकारवादी संस्था र अधिकारकर्मीको अवस्थामा किन सुधार आएन् ?
१४) मधेसका कति शहिदले सम्मान पाए, घाइतेहरुको अवस्था के छ, शहिद परिवारको अवस्था कस्तो छ ?
१५) मधेसको गरिब, सीमाकृत र उत्पीडित वर्गको सम्मान तथा अधिकारको लागि ‘रे नहि जी क हो आन्दोलन, भकारी फोडो आन्दोलन, मुछ उखाडो आन्दोलन, तमसुफाडो आन्दोलन’ आन्दोलनको नेतृत्व गरेका र आफ्नो नेतृत्वमा रहेको सरकारबाट आजसम्मकै इतिहासमा सबैभन्दा बढी मधेसको विकासको लागि मधेसमैत्री बजेट दिएका राजनेता केपी ओली मधेस विरोधी हो कि मधेसी जनताको रगत चुसी आफ्नो र आफ्नो परिवारको भकारी भर्ने तपाईहरु मधेसी विरोधी ? र, अर्काे कुरा आफ्नै क्षेत्रका जनताहरुले त तपाईलाई पत्याएनन्, चुनावमा हराएर पठाए । यस्ता नेताले नेतृत्व गरेको पार्टी कस्ता होलान् । र, मधेसको नेतृत्व गर्छु भन्नु कति हास्यास्पद हो ?
Post a Comment