सम्झौतामा चुक्दा इजरायलको रोजगारी अन्योलमा, सरकारी पहल फितलो

Loading...

हेर्नुहोस भिडियो

१५ पुस, काठमाडौं । यो तस्वीर बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयको प्रवेशद्वारको हो । कार्यालयको गेटमै किन यसरी ‘इजरायलमा रोजगारी खुलेको छैन’ भनेर टाँसियो होला ? विभागका कर्मचारी भन्छन्, ‘इजरायल खुलेको हो भनेर सोध्न आउनेको संख्या धेरै भएपछि यसो नगरी सुखै भएन ।’ इजरायलले अहिले थप नेपाली कामदारका लागि रोजगारीको अवसर दिएको छैन । त्यहाँको सरकारले सरकारीस्तरबाट कामदार लिन छाडेको छ । नेपाल सरकारले नेपाली कामदर लैजाने कामलाई निरन्तरता दिन गरेको आग्रहलाई इजरायलले नकारेको छैन तर, उसले तत्काल थप नेपाली कामदारलाई लैजानेबारे मौनता साँधेको छ । त्यसैले नेपाली कामदारले राम्रो कमाइ गर्ने आकर्षक गन्तब्य इजरायलमा सरकारी तवरबाट दशैंपछि कामदार पठाउन सकिएको छैन । इजरायलले नेपालबाट बालबालिका र बृद्धबृद्धाको हेरचाहको लागि केयर गिभर कामदार लैजाने गरेको छ । तर, पछिल्लोसमय इजरायलले कामदार लिन छाडेको छ । सम्झौतामा चुकेको सरकार सम्झौतामा जम्मा ६० जनाका लागि मात्रै रोजगारी दिने उल्लेख गर्दा यो अवस्था आएको हो । सम्झौतामा सरकार कसरी चुक्यो भन्नेबारे अहिले श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारी अचम्मित छन् । अहिले इजरायल जाने मानसिकता बनाएर हिब्रु र अंग्रेजी भाषाको तालिम लिएकाहरु अन्यौलमा परेका छन् । इजरायलले नेपालसाग गरेको समझदारीअनुसार पछिल्लोपटक ५९ जना केयर गिभर नेपालबाट लगेको थियो । rama-bhattaraiनिर्देशक भट्टराई सम्झौताका बेलामा सरकारले बताएअनुसार अब २ सय ४१ नेपाली कामदार इजरालयलले लैजानपर्ने हो । तर, इजरायलसँग भएको त्यो समझदारीमा बाहिर भनिएजस्तो ३ सय कामदार लिने समझदारी नभएको पाइएपछि इजरायल यसबाट तर्किनु स्वभाविक देखिएको छ । अब थप कामदार लैजान इजरायल बाध्य नभएको नेपाली सरकारी अधिकारीले बताउन थालेका छन् । इजरायलसँग भएको एमओयुमा ६० जना कामदार लैजाने विषय मात्रै उल्लेख भएको भेटिएको छ । यसअघि विभागका अधिकारीहरु ३ सय जनाको कोटा भएको र पहिलो चरणमा ५९ जना उडेकाले अब थप कोटामा कामदार इजरायल जाने बताइरहेका थिए । तर, अहिले सम्झौता अध्ययन गर्दा ३ सय कामदार लैजानेबारे कतै उल्लेख नभएको पाइएको विभागकी प्रवक्ता रमा भट्टराई बताउँछिन् । जवाफ आएन उनले एमओयूमा ६० जना कामदार लगेर उनीहरुको कामको मूल्यांकन गरेर मात्रै थप कामदार लैजानेबारे निर्णय गर्न सकिने उल्लेख रहेको भट्टराईले बताइन् । विभागले इजरायललाई पत्र लेखेर थप कामदार लिनेबारे सोधेको थियो । तर, लामो समय बित्दापनि त्यसको जवाफ आएको छैन । विभागले नेपालस्थित इजरायलको दूतावासमा पनि यसका लागि पहल गरेको छ । तर, दूतावासले पनि यसबारे अनविज्ञता जनाएपछि अब इजरायलमा थप कामदार जान पाउने/नपाउने भन्नेबारे अन्यौल छ । समझदारीका बेलामा परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वार्षिक १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको बताइएको थियो । तर, यो विषय सम्झौतामा उल्लेख नै गरिएको छैन । इजरायल किन आकर्षक गन्तब्य ? israel कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि इजरायल राम्रो गन्तव्य मानिएको छ । इजरायलले मागको ८० प्रतिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने एमओयूमा उल्लेख छ । यसैअनुसार पहिलो चरणमा कामदार छनोट गरिएको हो । इजरायलमा विशेष गरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयर गिभर लिने गरिएको छ । विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकामा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए । यी कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।
Share this video :

Post a Comment