हेर्नुहोस भिडियो

१५ पुस, काठमाडौं । पोषणविद डा. अरुणा उप्रेतीले कर्णालीको ‘भोकमरी’बारे एउटा नयाँ डिस्कोर्स सुरु गरेकी छिन् । कर्णालीमा जेलाई ‘भोकमरी’ भनियो, डा. उप्रेतीको परिभाषामा त्यो ‘भोकमरी’ भित्र निकै ठूलो भ्रमले बास गरेको छ ।
पोषणविद् डा. उप्रेतीले साढे दुई दशकयता जनस्वास्थ्यप्रति फरक सोच राख्न थालेकी हुन् । जुन सोचलाई उनले अभियानकै रुपमा अघि बढाइरहेकी छिन् । गर्भवती एवं सुत्केरीहरुकी साथीका रुपमा पहिचान बनाएकी यिनै डा. उप्रेतीसँग हामीले यहाँ स्त्री रोग र पोषणसम्बन्धी उनका अनुभवहरुलाई खोतल्ने प्रयास गरेका छौं ।
सुरुमा स्त्रीरोग विशेषज्ञ भएर चर्चामा आउँदासम्म उनलाई पोषण र पौष्टिक आहारबारे खासै जानकारी थिएन । तर, कर्णालीको एउटा कार्यक्रमले पोषणजस्तो महत्वपूर्ण विषय उपेक्षामा परेको रहेछ भनेर उनको आँखा खुलायो ।
स्त्रीरोगबाट पोषणविदमा फड्को
रसिया(तत्कालीन सोभियत संघ) बाट स्त्रीरोग विशेषज्ञ भएर आएपछि डा. उप्रेतीले ०४३ असारमा प्रसूति गृहमा काम गर्न थालिन् । त्यहीँबाट स्वास्थ्य सम्बन्धी कार्यक्रममा भाग लिन ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिसिन’ (एम्स) गइन् ।
जहाँ उनको फरक सोचको ढोका खुल्नेवाला थियो ।
एम्समा उनले आफूभन्दा वरिष्ठ डाक्टरहरुले पोषणको बारेमा कुरा गरेको सुनिन् । बल्ल उनको दिमागमा झट्का लाग्यो । ‘यो त जरुरी कुरा रहेछ, यसबारे त हामीले ध्यानै नदिएका रहेछौ भन्ने अनुभव भयो,’ उनले त्यो बेलाको सन्दर्भ सुनाइन् ।
सामान्य झैं ठानेर खासै ख्याल नगरिएको तर स्वास्थ्यबारे धेरै महत्वपूर्ण कुरा भन्ने बुझेपछि उनले पोषणबारे कुरा उठाउन थालिन् । महिला स्वास्थ्यको कुरा गरिरहँदा त्यसमा पोषणलाई अनिवार्य जोड्न थालिन् ।
पौष्टिक तत्वबारे स्वास्थ्यकर्मीहरु आफैं कति बेखबर छन् भन्नेमा उनीसँग एउटा घटना नै छ ।
प्रसूति गृहमै छँदा उनलाई वीर अस्पतालको परिवार नियोजन शाखामा करारमा काम गर्न पठाइयो । त्यहाँ एकजना नर्सले आफ्नो बच्चालाई चेकजाँचका लागि ल्याएकी थिइन् । निमोनियाग्रस्त ६ महिनाको बच्चा तीन महिनाको जस्तो सानो देखिन्थ्यो ।
जाँचका क्रममा उनले बच्चालाई प्याकेटको ‘नेस्ले दूध’ ख्वाउने गरेको थाहा पाइन्, त्यो कुराले उनलाई निकै पीडा दियो । ‘नर्स जस्तो मान्छेले आफ्नो दूध नख्वाई बट्टा वा प्याकेटको दूध ख्वाउँछ भने हामीमा जानकारीको कति रहेछ भन्ने महसुस भयो,’ उनले बताइन् ।
उनले नर्सलाई बट्टाको दूध पोषक तत्वको दृष्टिले उपयुक्त नहुने भनेर बुझाउँदै बच्चालाई आइन्दा आफ्नै दूध ख्वाउन सल्लाह दिइन् ।
डा. उप्रेतीले ती नर्सजस्ता आमाहरु थुप्रै देखिन् । धेरै बट्टाको दूध ख्वाउने, सेरलेक ख्वाउनेले महँगो हुने भएकाले थोरै ख्वाउने, त्यस्ता बच्चालाई कुपोषण हुने गरेको जस्ता समस्या देखिन् ।
बच्चाको खानपानमा आमाहरूको हेलचेक्र्याइँ देखेपछि उनले पोषणबारे अभियानै थाल्नुपर्ने आवश्यकता देखिन् । आमाहरुलाई घरकै पोषिलो खानेकुराबारे बुझाउनुपर्छ भन्ने महसुस गरेर उनले २६ वर्षअघि पोषण र पौष्टिक आहारको पक्षमा अभियान थालेकी हुन् ।
बेसार, मेथी जस्ता मामुली कुराको तागत
उप्रेतीले पोषणबारे बताउने अभियान थाल्ने बेलामा नेपालमा मातृ तथा बाल मृत्युदरको अवस्था डरलाग्दो थियो ।
कुपोषित आमाहरुबाट जन्मिएका बच्चा पनि साना हुने र स्याहार नपुगेर मर्ने गर्थे । कयौ गर्भवती महिलाहरु कुपोषणकै कारण ज्यान गुमाउनुपर्ने अवस्था थियो । जसको बारेमा सञ्चारमाध्यममा खासै समाचार आउँदैनथ्यो । सञ्चारमाध्यम पर्याप्त नभएको त्यो समयमा उनले पोषणबारे सोचेजति बुझाउने माध्यम पनि पाइनन् ।
०४६ सालको राजनीतिक परिवर्तनपछि रेडियो र पत्रपत्रिकाको विस्तार भयो । त्यसपछि उनले घरमै पाक्ने दाल, भात, तरकारी र घरकै खुराक दूध, दही, फलफूल, गेडागुडीको महत्वबारे बढीभन्दा बढी बुझाउने मौका पाइन् ।
त्यसरी बोल्दै जाने क्रममा महिला स्वास्थ्य र पोषण एक-अर्कासित गाँसिएको रहेछ भन्ने अनुभव गरिन् । अध्ययनहरुले रगतको कमी र कुपोषणका कारण गर्भवती महिलाहरुको मृत्यु हुने कुरा देखाउन थाले ।
पहिले गर्भवती महिलाहरुलाई रगतको कमी हुँदा आइरन चक्कीमा जोड दिने उनले त्यसपछि घरकै खानाबाट कसरी आइरन पाउन सकिन्छ भनेर जानकारी दिन थालिन् । उनले मामुली मानिएका घरेलु खानेकुराको तागतबारे बताउँदै गइन् ।
त्यसो त उनलाई डाक्टर नै बनिसकेपछि पनि कुनै पनि घरेलु उपचार विधिका बारे भन्न लाज लाग्थ्यो । आफ्नो बाल्यकालमा हजुरआमा र आमाहरुले पकाएर दिने जाउलो र रोटीमा पाइने पौष्टिक गुण तथा मह, बेसार, मेथी जस्ता वस्तुमा पाइने औषधीय विशेषता उनलाई थाहा थियो । तर, डाक्टरले त्यस्तो सामान्य कुरा गर्न सुहाउँदैन भनेर सायद हिचकिचाउँथिन् ।
विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरुमा भाग लिन जान थालेपछि भने उनको सोचमा परिवर्तन आयो । त्यहाँ त ठूला डाक्टर र जनस्वास्थ्य विशेषज्ञहरुले नै घरेलु औषधि र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे लेख्ने र बोल्ने गर्दा रहेछन् ।
‘उनीहरुले बेसार, नुन, मेथीले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर बोलेको देखेपछि मलाई पनि हौसला आयो, मैले यता आएर त्यसबारे अभियानै सुरु गरेँ’, उनले सुनाइन् ।
अण्डा बेचेर कोक पिउनेहरु
डा. उप्रेतीले देशका विभिन्न जिल्ला घुमेकी छिन् । भातभान्छाको कुरामा महिलाहरु नै जोडिने भएकोले पोषणको महत्व बुझाउन उनले महिलाहरुकै आनीबानीलाई विचारिन् ।
त्यस क्रममा घरको खानेकुरा कति स्वास्थ्यवर्द्धक छ भनेर धेरैलाई जानकारी नै नभएको पाइन् । कतिपय ठाउँका महिलाहरु त घरको पौष्टिक खानेकुरा बेचेर प्याकेटका खानेकुरा बालबच्चालाई दिने गर्दा रहेछन् । ‘कतिसम्म भने अण्डा, भटमास जस्ता वस्तु बेचेर बिस्कुट, कोक किनेर खाइरहेको देखेँ’, उनले बताइन्, ‘ज्ञानको अभावमा आफू पनि पौष्टिक तत्व नभएको खाना खाने र बच्चाहरुलाई पनि त्यही दिँदा उनीहरु कति कुपोषित होलान् भन्ने लाग्यो ।’
त्यस्तो विकराल अवस्थामा उनी कुपोषण र पोषणयुक्त खानाबारे निरन्तर लेख्न र बोल्न थालिन् । यसरी लेख्दा, बोल्दा उनले ‘पोषणविद’ को संज्ञा पाउन थालिन् । खानपान, पोषण र स्वास्थ्यबारे उनको गहिरो विश्लेषण सुन्दा उनलाई त्यस सम्बन्धी विज्ञ सोच्नु अनौठो पनि थिएन । तर, यथार्थ भने त्यस्तो थिएन ।
‘मानिसहरुले मलाई पोषण सम्बन्धमा डिग्री हासिल गरेरै आएको विज्ञ भन्ने सम्झन्छन्, त्यो म हैन । तर, मैले हाम्रो घरैमा उपलब्ध विभिन्न अनाजमा पाइने पोषण र तिनले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावबारे चाहिँ पर्याप्त बुझेकी छु’, डा. उप्रेतीले आफ्नोबारे खुलस्त पारिन् ।
आफ्नो विषय स्त्रीरोग भए पनि पोषणबारे बोलेकामा उनलाई आजसम्म कसैले नराम्रो प्रतिक्रिया जनाएका छैनन् । तर, कतिपयले अचम्म मान्दै उनलाई सोध्थे, ‘तपाईं एउटा रोगको डाक्टर अर्को विषयमा किन बोल्नुहुन्छ ?’
अर्कोथरीले भन्थे, ‘संसारमा सबैले खाइरहेको चाउचाउ, बिस्कुटबारे तपाईं मात्र किन विरोध गर्नुहुन्छ ? एक्लै बोल्दा यसले के अर्थ राख्छ र ?’
त्यतिबेला उनी बताउँथिन्, ‘डाक्टर भनेको बिरामीको रोग निको पार्ने मात्र हैन, रोग लाग्नुअघि नै स्वास्थ्यको रक्षा कसरी गर्ने भन्ने कुरा नै महत्वपूर्ण हो ।’
चाउचाउ, बिस्कुट र बोतलका पेय पदार्थलाई उनी पत्रु खानेकुरा भन्छिन् । ती वस्तुका कारण धेरै देशका बालबालिकामा मोटोपना, कुपोषण, क्यान्सर, मुटु रोग, मिर्गौला रोग लगायत समस्या भएको भन्दै त्यस्ता वस्तु नखान सम्झाउँदै आएकी छिन् उनले ।
यो यात्रामा उनले धेरै मानिस खानपान र पोषणाबारे सजग हुँदै गएको देखेकी छिन् । यसबाट डा. उप्रेती विश्वास पनि पलायो, सही कुराको लागि एक्लै आवाज उठाउँदा पनि सुनिँदो रहेछ ।
चामलको मोहले थलिएको कर्णाली
एकपटक अरुणा कामको सिलसिलामा कर्णालीका जिल्लाहरुमा पुगेकी थिइन् । त्यसै क्रममा चाल पाइन्, चामललाई मात्र खाद्यान्न मान्ने मानसिकताले कर्णाली थलिएको रहेछ ।
त्यहाँ भोकमरी छ भन्दै सरकारले चामल पठाइरहेको प्रत्यक्ष देखिन् । तर, त्यहाँ भोकमरी नै थिएन । स्थानीय मानिसहरु स्थानीय खानेकुरादेखि विरक्तिएर चामलकै भात खाने मोहमा फसेका रहेछन् । सञ्चारमाध्यममा पनि गलत बुझाइ थियो, ती जिल्लामा चामल अभाव हुनासाथै ‘कर्णालीमा भोकमरी’ भन्ने समाचार छापिन्थ्यो ।
‘कोदो, मकै, जौ, आलु, सिमी जस्ता अन्न र तरकारी पर्याप्त हुँदाहुँदै सरकारले चामल पठाउँदा त्यहाँका मान्छेहरुको बानी बिग्रिएको रहेछ’ उनले सम्भिmइन्, ‘स्थानीय खाद्यान्न पर्याप्त भए पनि चामल मात्र खोज्ने प्रवृत्तिका कारण समस्या भएको थियो ।’
यस विषयमा डा. उप्रेतीले लेख्न थालेपछि मानिसहरुले पनि ‘खाद्यान्न’ भनेको चामल मात्र हैन रहेछ र कणर्ालीमा भोकमरी छैन भन्ने बुझे ।
उनी जुम्ला, कालीकोट, मुगु, डोल्पा जस्ता कणर्ालीका जिल्लाहरुमा जाँदा आफूलाई खान स्थानीय खानेकुरा नै माग्थिन् । स्थानीयहरु छक्क पर्थे । उनीहरुलाई लाग्दो रहेछ, काठमाडौं र शहरबजारका मानिसले खाने ‘चामल’ भनेको निकै राम्रो कुरा हो । आफ्नै गाउँमा फल्ने सिमी, कोदो, मकै भनेको चाहिँ नराम्रो हो ।
उनले स्थानीयलाई घरबारीमै पाइने अन्नको महत्व र त्यसमा पाइने पोषणबारे सम्झाइन् । पत्रपत्रिकामा पनि प्रशस्त लेखिन् । परिणाम स्वरुप अहिले सरकारले पनि आˆनो नीतिमा धेरै सुधार ल्याएको उनी दाबी गर्छिन् ।
पछिल्लो समय त सरकारले कर्णालीको कालो चामल, सिमी, कोदो, फापर लगायतका खाद्यान्न बिक्रीका लागि काठमाडौंमा ल्याउन थालेको छ । त्यसले पनि स्थानीय खानेकुरा कति पोषिलो रहेछ भन्ने बुझ्न सहज भएको छ ।
लोकसेवा फेल, अभियानमा पास
डा. उप्रेती नेपालमा सुरक्षित गर्भपतनको कानुनी मान्यता नहुँदाको समयमा यसको पक्षमा आवाज उठाउने व्यक्ति पनि हुन् । गर्भपतनले मान्यता नपाउँदा त्यसले महिलाहरुलाई समस्या परेको भनेर उनलाई चिन्तामा पारेको थियो ।
डा. उप्रेतीले सरकारी सेवामा प्रवेश गर्नका लागि ०४३ सालमा लोकसेवाको जाँच दिएकी थिइन् । तर, दुई पटक जाँच दिएकोमा दुवै पटक फेल भइन् उनी । त्यसपछि उनका श्रीमान् डा. विश्ववन्धु शर्माले अब लोकसेवा नदेऊ भन्ने सुझाव दिए । सरकारी जागिरमा हुँदा त्यसभित्रका नीति-नियममा बाँधिएर गर्भपतनबारे खुला रुपमा बोल्न सकिन्न भन्ने भन्ने कुरा पनि श्रीमानले गरे । त्यो सुझाव चित्त बुझेर उनले त्यसपछि जाँच नै दिइनन् ।
फर्केर हेर्दा त्यो निर्णय ठीकै भयो जस्तो लाग्छ अहिले उनलाई । त्यसबेला लोकसेवा फेल भएकै कारण उनी विदेशमा गएर पढिन् । त्यस क्रममा युद्ध चलिरहेको बेला अफगानिस्तान, सुडान, लाओस्, इरान, श्रीलंका जस्ता मुलुकमा गएर आठ वर्षसम्म कामको अनुभव बटुलिन् ।
विदेश र नेपालको अहिलेसम्मको अनुभवबाट उनले सिकेको पाठ यस्तो छ, ‘हाम्रो स्वास्थ्यका लागि डाक्टर, औषधि र अस्पताल मात्र हैन, हाम्रो संस्कृति र परम्परालाई पनि अनुशरण गरियो भने लाभदायक हुन्छ ।’
अहिलेसम्म उनले गरेको काम पनि त्यही ‘फ्युजन’ हो । आधुनिक चिकित्सासँगै घरेलु र प्राकृतिक औषधि, खानपानको बाटो उनले अपनाएकी छिन् । चिकित्सा कर्मको सुरुवाती चरणमा डा. उप्रेती एक वर्षको करारमा प्रसूति गृहमा काम गर्दै थिइन् । त्यही बेला त्यहाँ असुरक्षित गर्भपतनका कारण एउटी महिलाको मृत्यु भयो । त्यस घटनाले उनलाई अत्यन्तै दुःखी तुल्यायो ।
त्यसपछि उनले त्यहाँ कार्यरत चिकित्सक तथा नर्ससित छलफल चलाइन् । असुरक्षित गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ कि सकिँदैन भनेर बहस सुरु गरिन् । त्यसबारे उनले लेखिन् पनि । ‘त्यतिबेला सबैजनाले गर्भपतनलाई कानुनी रुप दिनु हुँदैन भनेका थिए । स्वास्थ्य क्षेत्रका कतिपय साथीहरुसहित धेरैले विरोध जनाएका थिए,’ उनी अवरोध झेलेको दिन सम्झिन्छिन् ।
सुरक्षित गर्भपतनको पक्षमा विस्तारै माहौल तयार हुँदै गयो । अरु स्वास्थ्यकर्मीहरुले पनि आवाज उठाउन थाले । निरन्तर आवाज उठाएको झन्डै १८ वर्षपछि ०६१ सालमा सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दियो । यो सफलतालाई कसरी अथ्र्याउँछिन् उनी ?
‘त्यो मेरो जिन्दगीको सर्वाधिक खुशीको क्षण थियो’, डा. उप्रेतीले मुस्कान छर्दै भनिन् ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment