हेर्नुहोस भिडियो

इटहरी । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार समापन भएको छ ।
7th-national-gameप्रतियोगिताको सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कठिनाइ र भौतिक पूर्वाधार अभाव भए पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीले विभिन्न कीर्तिमान राख्न सफल भएकामा खुसी व्यक्त गरे । राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिन जरुरी भएको उनको भनाइ थियो ।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकामा त्यसलाई ठूलो सफलताका रुपमा लिइएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले अब मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि आजैदेखि तयारीका कामको थालनी हुने जानकारी दिए । विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वलीलाई झन्डा हस्तान्तरण गरे ।
सशस्त्रलाई फुटबलमा स्वर्ण
आजै सम्पन्न फुटबलको अन्तिम खेलमा सशस्त्र प्रहरी नेपाली सेनाको टोलीलाई २–० गोलले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भयो ।
विजेता सशस्त्र प्रहरी तथा उपविजेता नेपाली सेना र फुटबल खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाल प्रहरी टोलीलाई स्वर्ण, रजत र कास्य पदक समेत उपराष्ट्रपति पुनले प्रदान गरे ।
पुरुष क्रिकेटको उपाधि एपिएफलाई
विराटनगर–मोरङको वैजनाथपुरमा आज सम्पन्न पुरुष क्रिकेटमा स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले प्राप्त गरेको छ । नेपाली सेनालाई ४९ रनले पराजित गर्दै एपिएफले स्वर्ण पदक प्राप्त गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २१ रन बनाएको थियो ।
एपिएफका कप्तान पारस खड्काले ३८ बलमा एक छक्का र एक चौका प्रहार गरी ३३ रन र भुवन कार्कीले १२ बलमा एक छक्का र दुई चौका प्रहार गरी नटआउट २४ रनको योगदान गरेका थिए । एक सय २२ रनको विजय लक्ष्य पाएको सेनाले १७ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित हुन पुग्यो । सेनाका नरेश बुढाएरले सबैभन्दा बढी १७ रन बनाएका थिए भने अन्य खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।
त्यस्तै आज बिहान नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले कास्य पदक जितेको छ । प्रहरीले ३३ रनले जित प्राप्त गरेको हो ।
टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाई एक सय ५५ रनको योगफल खडा गरेको थियो । एक सय ५६ रनको विजय लक्ष्य पाएको मध्यमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय २२ रन मात्र जोड्न सक्यो ।
सोही समारोहमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलमा उच्च पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको नेपाली सेना, दोस्रो भएको नेपाल प्रहरी र तेस्रो स्थान प्राप्त गर्न सफल सशस्त्र प्रहरी टोलीलाई पहिलो, दोस्रो र तेस्रो स्थानको उपाधि पनि दिइएको छ ।
नेपाली सेना शीर्ष स्थानमा
प्रतियोगितामा विभागीय टोलीको बर्चस्व रहेको छ । अन्तिम खेल तालिकानुसार कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा बर्चस्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा शीर्ष स्थानमा राखेको छ ।
यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको छ । मध्यपश्चिमाञ्चलले आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदक तथा पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका छन् ।
पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका छन् ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment