Loading...
हेर्नुहोस भिडियो
बिजय थापा ,वाशिंगटन डीसी – डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तयारीमा जुटेका छन् l
नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेच्छक्षा ,हौशला ,समर्थन तथा आशिर्बाद लिने उद्देश्यले गत डिसेम्बर ११ तारिक बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम संपन्न गरेका छन lउनको यो तयारी तथा अन्य बिषयमा समेत जानकारी दिने हेतुले बाल्टीमोरका नेपाली समुदायको पहलमा अमेरिका गट ट्यालेन्ट सम्बन्धी एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो l
उन्ले कसरी आफुले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो (श्रब्य दृश्य ) पठाएको र पत्राचार गरेको बारेमा उन्ले जानकरी गराएका थिए l उनले पत्र नै सार्वजनिक गरि सामाजिक संजालमा राखेका छन् l
ठकुरी आगामी जनवरी १४ तारिकमा अमेरिकाको फिलाडेल्फियामा १२ औ सत्रको लागि आमन्त्रित भएका छन l र समय ६ बजेर ३० मिनटमा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ l र उनको त्यों प्रस्तुति क़्यू एक्ट पद्धतिमा राखिएको बताएको छ l
ठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारणमा भाग लिन पाउने छन् l र अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला ब्यक्ति पनि हुने छन् l
अमेरिका गट ट्यालेन्टमा सहभागी हुन जाने बिषयलाई लिएर खेलाड़ी ठकुरीलाई हौशला र ब्यापक प्रचार प्रसार जुटाउन पनि संचार कर्मीलाई जमघट गराएको कार्यक्रमलाई संयोजन गर्ने महेश भट्टराईले बताए lबाल्टीमोरमा संपन्न पत्रकार भेटघाट कार्यक्रममा डीसी महानगर क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो भने बिभिन्न जिज्ञाशाको उत्तर खेलाड़ी ठकुरीले दिएका थिए l
ठकुरीका उमेरका खेलाडीहरु अवकास लिने अवस्थामा हुन्छन् भने उमेरले कहिले आफू भित्र रहेको प्रतिभा न मर्ने भएकोले केवल नेपाल र नेपालीको नाम उच्च पार्दै नेपाली झंडा लाई विश्वमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन् l
यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन् l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतिक्षामा रहेको बताएका थिए l
ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ कास्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् l कार्यक्रम सञ्चालन संचारकर्मी सरोज केसीले गरेका थिए l
ठकुरीले आफुले अमेरिकामा पाएका सबै पदक प्रदर्शनको लागि ल्याएका थिए भने पदकको बारेमा पनि ब्याख्या गरेका थिए l
Post a Comment