Loading...
हेर्नुहोस भिडियो
फिफा विश्वकप आयोजना गर्ने तयारीसंगै कतारले कफाला प्रणालीमा संसोधन गर्नु पर्ने दबाब भोग्नु परेको थियो। अधिकारवादीहरूले कतारको तत्कालिन कफला प्रणालीलाई ‘आधुनिक युगको दासता’को संज्ञा दिँदै आएको थियो। संयुक्त राष्ट्रसंघ, फिफा तथा अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतका निकायले श्रमिकहरूको अवस्था सुधार्नका लागि कतार सरकारलाई दबाब दिइरहेका बेला कफाला प्रणाली संसोधन भएको हो । कतार सरकारले यस अघिदेखि नै केही लेबर इन्स्पेक्टरहरूको संख्या थप गरेर विदेशी कामदारमाथि अनुगमन बढाउने, सुविधासम्पन्न आवासगृह निर्माण गर्ने, बैंकिङ प्रणालीबाट तलब भुक्तानी गर्नेजस्ता केही सुधारको प्रयास भने सुरुआत गरेको छ । यद्दपी कतार सरकारले कामदार स्वदेश फर्कनुअघि रोजगारदाताको अनुमति लिनुपर्ने व्यवस्था भने कायमै राखेको छ। कफाला प्रणाली संसोधन भएसंगै अब स्वेच्छिक रूपमा स्वदेश फर्कन चाहने कामदारलाई कम्पनीले अनिवार्य रूपमा अनुमति दिनुपर्ने छ । तर अधिकारकर्मीले कफाला प्रणालीको खारेजी मात्र नभई रोजगारदाताबाट अनुमति लिनुपर्ने प्रावधान नै हटाउनुपर्ने माग गर्दै आइरहेका छन् । सन् २०२२ को विश्वकप फुटबलका लागि पूर्वाधार बनाउन करिब ५ लाख नेपाली कामदार हाल कतारमा कार्यरत छन् । नयाँ कानुनले रोजगारीमा थप लचकता अपनाउने र विदेशी कामदारलाई सुरक्षा दिने अपेक्षा गरिएको छ ।
Post a Comment