skip to main |
skip to sidebar
हेर्नुहोस भिडियो
काठमाडौं ३० मंसिर– भारतले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ । गत कात्तिक २४ मा पाँच सय रएक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने बताएको जानकारी दिए । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थापन सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पष्ट पारेका हुन् । अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए । भारतमा ठूला दरका नोटमा प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ । भारतमा पुस १६ सम्म सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन । कारोबार दैनिकबाट
Post a Comment