Loading...
हेर्नुहोस भिडियो
काठमाडौं ,३० मंसिर– अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक श्रीलंकाबिरुद्ध खेलिरहेको छ ।
टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो ओभरको पहिलो बलमै श्रीलंकाली ब्याट्म्यानलाई आउट गरेको छ । श्रीलंकाली ओपनर विश्वा चाथुरांगा पहिलो बलमा आउट भएका हुन् । उनलाई नेपाली ओपनिङ बलर कमलसिंह ऐरीले एलबिडब्ल्यु आउट गराएका हुन् ।
युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली युवाटोलीले बलिङ र फिल्डिङमा निक्कै जुझारु प्रदर्शन गरिरहेका छन् । प्रतियोगिताको समूह एमा रहेको नेपालले अन्य खेलहरुमा भारत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
Post a Comment