‘शक्तिकेन्द्रको दबाब झेल्न नसके अव आउने काठमाडौं प्रहरी प्रमुख नामर्द’

Loading...

हेर्नुहोस भिडियो

काठमाडौं, १ पुस । नेपाल प्रहरीमा काठमाडौं परिसर प्रमुख हुनु इज्जत र प्रतिष्ठाको विषय हो । यहाँको प्रमुख हुन थुपै्र प्रहरी अधिकृतहरु साम दामको प्रयोग गर्छन् । अहिले काठमाडौं परिसर नेतृत्वविहीन छ ।
एसएसपी प्रमुख हुने यो ठाउँमा अहिले एसपीले निमित्त प्रमुखको जिम्मेवारी बहन गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
१५ महिना काठमाडौं प्रहरी प्रमुख बनेका एसएसपी विक्रमसिंह थापाले बिहीबार मात्र अनिवार्य अवकाश पाएपछि अबको केही दिनमै यो ठाउँमा नयाँ एसएसपी आउने छन् ।
तर निवर्तमान एसएसपी थापाले अवकाश पाउँदै गर्दा आफ्नो जे अनुभव व्यक्त गरे, यसले अब आउने एसएसपीले दरो ढंगले उभिएन भने यसअघि प्राप्त साख माटोमा मिल्ने देखिन्छ ।
अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै भने, अव आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुनेछ ।
जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण आफूले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको बताए ।
५४ वर्षीय एसएसपी थापाले पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरे । सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए ।
‘चुनौतीको सामना गर्न नसक्ने, कसैले दबाब दियो भनेर पन्छिनु, प्रहरीको चेनअफ कमाण्डलाई अटेर गर्नु र सीमित माफियागिरीसँग रमाउने हो भने त्यसको समय क्षणिक मात्र हुन्छ,’ उनले सञ्चारकर्मी माझ भने ।
Share this video :

Post a Comment