युएईमा यसरी पनि समस्या पर्न सक्छ

Loading...

हेर्नुहोस भिडियो

उमाकान्त पाण्डे/उज्यालो । युएई, मसिर १२ – सारजाहमा रहेको एक स्थानीय नागरिकको घरमा हाउसमेडको रुपमा काम गर्ने बुटवलकी सुनमाया थापा दुई वर्ष जेलमा बस्नुभयो । सुनमायासँगै एउटै घरमा काम गर्ने इन्डोनेसियन महिलाले अबैध रुपमा गर्भधारण गरेको रहेछ । मायालाई यासबारे थाहा थिएन । पेट देखिन लागेपछि उहाँले चाल पाउनुभयो । अवैध रुपमा गर्भधारण भएकाले बच्चा जन्माउन समस्या थियो । त्यसैले मायाले आफ्नो सहकर्मी इण्डोनेसियन महिलाई सम्झाउनुभयो र घरेलु विधी मार्फत भ्रुण फाल्न सुझाउनु भयो । पछि गर्भ तुहाएकोबारे घर मालिकले थाहा पाए र प्रहरीकहाँ उजुरी गरे । अदालतले कानुन विपरित काम गरेको भन्दै इन्डोनेसियन महिलालाई आजिवन जेल सजाय सुनायो । मायालाई पनि गलत काममा गर्न उक्साएको भन्दै पक्राउ गरेर दुई वर्ष जेल सजाय दिइयो । उहाँ गएको तिहारका बेला नेपाल फर्कनुभयो । घरेलु कामदारका रुपमा दुवईमा कार्यरत झापाकी ठूलीमाया अहिले जेलमा हुनुहुन्छ । उहाँको जिम्मेवारी बच्चा हेर्ने थियो । गएको महिना १३ महिने बच्ची रेलिङबाट खसिन । उनको घटनास्थलमै ज्यान गयो । बच्चा राम्रोसँग नहेरेको भन्दै ठूलीमाया विरुद्ध मुद्धा दर्ता भयो । उहाँ अहिले दुवईको जेलमा हुनुहुन्छ । सारजाहको रोला पार्कमा कुम जोडेर बसेका जोडीहरु पक्राउ पर्न थालेका छन् । पार्कमा बसेर अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले त्यस्ता जोडीलाई पक्राउ गर्ने गरेको छ । त्यसरी पक्राउ पर्नेमा नेपाली कामदारसमेत छन् । रक्तिमका गायक जीवन शर्मा आएको कार्यक्रममा सहभागी हुन सारजाहमा कार्यरत अर्घाखाँचीका राजु खड्का पनि दुवई आउनुभएको थियो । शुक्रबार दुवईमा पार्किङको समस्या हुन्छ । त्यसैमाथी साथीभाइलाई सहयोग गरिएन भने धेरै कुरा सुन्नु पर्ने । त्यसैले खड्काले आफ्नै गाडीको चावी आफ्नै सहयात्री नुवाकोटका रविन्द्र लामालाई दिएर क्यारिफोरमा सौच गर्न जानुभयो । रक्तिम कार्यक्रममा जान चाहने नेपालीलाई बरदुवई बसपार्कबाट कार्यक्रमस्थलसम्म जाँदा सँगै लगेर सहयोग गर्ने उद्देश्यले उहाँले नजिकका साथीहरुलाई गाडीमा राख्नु भएको थियो । फर्केर आउँदा गाडीभित्र बसेका कोही थिएनन । उनीहरुलाई सिआइडीले पक्राउ गरेको रहेछ । सडक तथा यातायात हेर्ने निकाय आरटीए र सीआइडी आएर उनीहरुसँग परिचयपत्र माग्दा नदिएपछि उनीहरुलाई पक्राउ गरियो । र पछि अवैध रुपमा मान्छे राखेर भाडा असुलेको भन्दै जरिवाना बापत रसिद काटिदियो । पछि राजुले जरिवाना त तिर्नुपरेन तर धेरै झञ्झट बेहोर्नुपर्यो । युएईमा नचिनेका मानिस र भाडा लिएर निजी गाडीमा ओसारपसार गर्न पाईदैन । कसैले त्यसो गरेको पाइएमा २० हजार देखी ४० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । Source http://ujyaaloonline.com/
Share this video :

Post a Comment