हेर्नुहोस भिडियो

माथिल्लो तामाकोशीमा तत्कालीन माननीय न्यायाधीश शुशिला कार्की र हालै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका सदस्यहरुको निष्काशनका सवालमा माननीय न्यायाधीश प्रकाशमानसिं राउतका विरोधाभाषपूर्ण आदेशहरुबारे केही टिप्पणी गर्न मन लाग्यो ।
१. गत साल माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर बाँडफाँडका क्रममा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय विमा संस्थान र नेपाल टेलिकमले कानूनविपरीत आफ्नै कर्मचारीहरुलाई एकलौटी रुपमा कानूनविपरीत अधिकाङ्स शेयर वितरण गरियो । यसलाई बदर गर्न सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी दिनेश शिवाकोटीसमेतका तर्फबाट सार्वजनिक सरोकारको मुद्दा परेको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरुले पनि तामाकोशीको शेयरमा स्थानीय जनता र त्यसपछि आमजनतालाई प्राथमिकता दिन निवेदन दिएका थिए । कानूनअनुसार आफैँ लगानीकर्ता भएको आयोजनामा यसरी सिन्डिकेट शेयर दाबी गर्ने अधिकार यी संस्थाहरुलाई छैन । मुद्दा गतिलो थियो ।
प्रधानन्यायाधीशले नेतृत्व गरेको सर्वोच्च अदालतसमक्ष अब अहिले एउटा नैतिक प्रश्न खडा भएको छ — ऊर्जा मन्त्रालयको निर्णयलाई सदर गर्ने कि लोडसेडिङ मुक्त नेपाल अभियानलाई बदर गर्ने ? जे जसो गरे पनि माथिल्लो तामाकोशीमा आफैँले दिएको बेतुकको आदेशलाई के गर्ने ?
अन्तरिम आदेशका लागि हामीसँग प्रशस्त कानूनी आधारहरू थिए । तर, तत्कालीन न्यायाधीश तथा वर्तमान प्रधानन्यायाधीश शुशिला कार्कीले अन्तरिम आदेश दिनुभएन । यो मुद्दा अझै पनि विचाराधीन छ ।
२. कारण ? मैले बहस शुरु गर्नेबित्तिकै वहाँले अलिक उत्तेजित मुद्रामा भन्नुभयो — बल्लबल्ल बन्न लागेको आयोजनामा तपाइँहरु अन्तरिम आदेशको मुद्दा लिएर आउनुभएको छ । अन्तरिम आदेश भयो भने त फेरि आयोजनाको काम रोकिने होला । लगानी नहुने होला । यहाँ लोडसेडिङ भएर यीऽऽऽ (आफ्नै इजलाश वरिपरि नजर घुमाउँदै) यसरी चिसोमा बस्नुपरेको छ । जसरी भए पनि आयोजना बनेर बिजुली निस्के भएन ? तपाइँहरुले के मुद्दा लिएर आउनुभएको यस्तो ?
३. मैले भनेँ — श्रीमान, आयोजना रोकिन्न । यो त हामी सबैको गौरवको आयोजना हो । मुख्य प्रश्न भनेको कानूनविपरीत शेयर बाँडफाँडका बारेमा हो । यी विपक्षी निकायहरुको लगानी त सुरक्षित छँदैछ । न्यायोचित ढंगले शेयर वितरण गर्नुपर्छ भन्ने हो । त्यसो भएको खण्डमा भविष्यमा समेत देशैभरि सस्ता र राम्रा जलविद्युत आयोजनाहरुको निर्माणका लागि नेपाली जनताको लगानी जुट्ने छ । शेयर बाँडफाँड र वितरणका सवालमा एउटा थिति बसोस् भन्ने हो । लगानी गर्नेहरूको गैरकानूनी तथा गैरसंवैधानिक कदम तथा एकाधिकार र अग्राधिकार राम्रो होइन भन्ने हो ।
४. तर वहाँले सुन्नु भएन । त्यसबेला वहाँलाई संविधान, कानून, नियम केही चाहिएन । बिजुली निस्के पुग्यो रे । लाग्यो — यो त न्यायिक अराजकता र न्यायाधीशहरुको अज्ञानताको पराकाष्ठा हो । यस्ता मान्छेहरू न्यायाधीशको कुर्सीमा विराजमान हुने स्थितिको अन्त्य नभएसम्म यस देशमा न्यायालय सँधै सच्चा कानूनी राज्यको बाधक हुनेछ । भइरहेछ पनि त्यस्तै । वहाँले अन्तरिम आदेश दिनु भएन ।
prakesh_singh_rautन्यायाधीश प्रकाशमानसिंह राउत
अहिले स्थानीय जनता र सर्वसाधारण जनताले पाउने शेयरमाथि अहिले यिनै लगानीकर्ताहरूको निकायको रजाइँ छ । उनीहरुले पाएको तथा पाउने शेयर नाममात्र को छ । बाँकी रहेको शेयर पनि अहिले आफ्नै पार्टीका कार्यकर्ताहरूलाई वितरण गर्ने तयारी भइरहेको समाचारहरू आइरहेका छन् ।
५. अहिले फेरि नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री श्री जनार्दन शर्माले चालिरहेको लोडसेडिङ मुक्त अभियानमा बाधा पुग्ने गरी माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिनुभएको भन्ने विषय चर्चामा छ ।
यो आदेश लोडसेडिङमुक्त अभियानका अवरोधक ठानिएका प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएपछि परेको निवेदनसँग सम्बन्धित छ ।
यही १९ गते दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश भएको छ । त्यसै दिन माइतीघर मण्डलामा लोडसेडिङपीडित जनताहरुका तर्फबाट स्वःस्फूर्त रुपमा यस आदेशका विरुद्ध अर्थात् अदालतकै विरुद्ध विरोध प्रदर्शनको आह्वान गरिएको छ ।
६. प्रधानन्यायाधीश सुशीला कार्की अर्थात् वहाँले नेतृत्व गरेको सर्वोच्च अदालतसमक्ष अब अहिले एउटा नैतिक प्रश्न खडा भएको छ — ऊर्जा मन्त्रालयको निर्णयलाई सदर गर्ने कि लोडसेडिङ मुक्त नेपाल अभियानलाई बदर गर्ने ? जे जसो गरे पनि माथिल्लो तामाकोशीमा आफैँले दिएको बेतुकको आदेशलाई के गर्ने ?
७. कम्तिमा पनि सर्वोच्च अदालतजस्तो निकायले आफूसमक्ष परेका मुद्दाहरुमाथि न्यायनिरुपण गर्दा संविधान, कानून र न्यायका सिद्धान्तहरुतर्फ ध्यान दिनुपर्दछ ।
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment