नीशाले ‘झ्यानाकुटी’ बनाउने, सौगातसँग वेनिशाको जोडी

Loading...

हेर्नुहोस भिडियो

नायिका नीशा अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘झ्यानाकुटी’ राखिएको छ । नामले नै यो चलचित्र कमेडी बिषयमा बन्न लागेको वुझ्न सकिन्छ । कमेडी साथै रोमान्टिक कथामा चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन घले गाउँमा हुनेछ । चलचित्रको छायांकन फागुणबाट सुरु हुनेछ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैैछन् । नायिका निशा अधिकारी चलचित्रमा निर्मातासँगै क्रियटिभ डिरेक्टरको रुपमा रहनेछिन् । निशा र सिमोसको लगानीमा चलचित्र बन्न लागेको हो । चलचित्र ‘झ्यानाकुटी’मा निशा आफूले अभिनय नगर्ने बताउँछिन् । यो चलचित्रमा उनले नायिका वेनिशा हमाललाई लिडिङ लेडीको रुपमा अनुवन्धित गरेकी छिन् । वुझिएअनुसार, चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा हुनेछन् । सौगात चलचित्र ‘शब्द’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकाले यसको छायांकन केहि पर सरेको हो ।
Share this video :

Post a Comment