उक्त ट्राभल्स एजेन्सीको ठगीको धेरै तथ्य फेला परेपछि म सिनामंगलतिर इस्टर्न ट्राभल्स खोज्दै गएँ ।
– सिनामंगलमा पुगेर दीपक कार्कीलाई फोन गरेँ ।
‘सिनामंगल चोकबाट एयरपोर्ट जाने बाटोको अलि अगाडिबाट तलतिर झर्नु, त्यहाँ हाम्रो अफिसको बोर्ड देखिन्छ दोस्रो तलामा आउनु ।’ -फोनबाट निर्देशन आयो ।
उक्त अफिसको पहिलो तलामा मिमोसा म्यानपावर कम्पनी रहेछ । म सरासर माथि चढेको देखेर त्यो म्यानपावरको कर्मचारीले रुखो आवाजमा भने, – ‘कहाँ जान लागेको ?’
मैलै छोटो उत्तर दिए – ‘ दीपक सरको अफिस ’
फेरि पनि उस्तै रुखो स्वरमा उनले भने, – ‘सोधी खोजी नगरी सिधै जाने हो । सोध्नुपर्छ नी ? ’
म केही नबोली सरासर माथि दीपक कार्कीको अफिसमा गएँ ।
कार्कीको अफिसमा एकजना महिला बसिरहकी थिइन । ल्यापटप चलाइरेकी उनले ल्यापटप चलाउन छोडेर अगाडि बस्न आग्रह गरिन् । कोठा साधारण थियो । भित्ताको रंगहरु खुइलिइसकेको फुस्रा देखिन्थे । बस्ने सोफाका कभरहरु ठाउँ-ठाउँमा च्यातिएर झुत्रो भएको थियो ।
ती महिलाले सोधिन्, – ‘के को लागि आउनु भएको ? मैले भने ‘बिदेस जान बुझ्न आएको । ’
ती महिलाले भनिन्,- ‘भाइ यहाँ त टिकट काट्ने मात्रै काम हुन्छ । ट्राभल्स कम्पनी हो ।’ उनले त्यो अड्डाको देखाउने दाँत मुस्कान दिएर देखाइन् ।
मैले साँचो कुरा भनिदिएँ – ‘तलबाट दीपकसरको अफिसमा जानु भनेर पठाउनुभएको ।’
त्यसपछि ती महिलाले हाँस्दै भनिन् – ‘ए हो र ! कुन देश जान लाग्नु भएको हामी पनि ट्राभल्स भिसामा पठाउँछौ ।’
‘दुवई जाने हो ?’ एकछिन राेकिएर फेरि भनिन् ।
उनको स्वर अस्वाभाविक रुपमा बदलियो । अघिसम्म टिकट मात्रै काट्ने भनेको मान्छेले अहिले विदेश पठाउने कुरा खोलिन् । थप धेरै रहस्यमय र ठगीका अनेक प्रपञ्च खुल्न शुरुमात्रै भएको थियो त्यो ।
मैले सोझो पारामा भने – ‘म त घुम्न जान लागेको होइन । काम गर्न पैसा कमाउन जान लागेकाे हो । घुम्न जानको लागि त पैसा छैन । पैसाको अभावले गर्दा नै जान लागेको ।’
‘कति पढ्नु भाको छ भाइ ?’
उनले सोध्न नपाइ मैले भने ‘पढ्न सकिएन । प्लस टु नै पटक पटक फेल भइयो । नपढेका मान्छेकाे नेपालमा काम रैनछ । वर्ष भरि काम गर्यो । खल्ती रित्तो हुन्छ । काम न दामको भर बस्नु भन्दा यसो मिलेदेखि जाउँ भनेर आ’को ।’
त्यसपछि ती महिलाले सबै कुराको बेलिविस्तार लगाउदै भनिन् – ‘हामीले ट्राभल्स भिसा बनाएर तपाइलाई तीन महिने प्याकेजमा पठाउँछौ । उता गएपछि एयरपोर्टमा तपाईलाइ हाम्रो मान्छेले रिसिभ गर्छ ।’
‘अहिले साउदी कतार दुवईमा भिसा पाउन गाह्राे छ । त्यसैले छिटाे जानेलाई भिजिट भिसा नै राम्राे हुन्छ ।’ उनले विश्वास दिलाउन खाेजिन् ।
‘एकमहिना जतिमा तपाइलाई हाम्रो मान्छेले काम लगाइदिइ सक्छ । अनि तपाइँले काम गर्ने कम्पनीले तीन महिना भित्रमा वर्किङ भिसा बनाइदिन्छ ।’ उनले विश्वस्त पार्दै भनिन् ।
‘म पनि विश्वस्त भएँ ।’ ट्राभल्स एजेन्टका रुपमा काम गरेको देखाउने तर भित्रभित्रै नेपाली युवासँग मोटो रकम लिने र विदेश पठाएर विचल्ली पार्ने गिरोहको अखडामा पुगेको महशुस भयो ।
मैले जिज्ञासा थपेँ, ‘म्यानपावर कम्पनीबाट जानु र यसमा के फरक छ र ?’
त्यसपछि उनले लोभ देखाउदै भनिन् ‘म्यानपावरबाट जानुभन्दा यहाँबाट गयो भने राम्रो काम पाइन्छ । कमाइ पनि म्यानपावरबाट जानु भन्दा धेरै हुन्छ । सबै कुरामा सुविधा हुन्छ । उताको सय रुपैयाँ त यता कति धेरै हुन्छ । विदेश गएर राम्रो काम पाएर धेरै कमाउनु भन्दा ठूलो सुविधा अरु के हुन्छ र ?’ उनले प्रतिप्रश्न गरिन् ।
अनी मैले जिज्ञासा राखे ‘तीन महिनासम्ममा काम नपाएर भिसाको डेट सकिएर पुलिसले पक्र्यो भने ?’ यो प्रश्नले उनको अनुहार कालो भयो ।
एक बेरोजगार युवाको प्रश्न दबाउँन उनले ठूलो स्वरमा भनिन्, ‘मैले अघि नै भने नी केही गाह्राे हुँदैन । हामीले कति धेरैलाइ पठाइसकेका छौं । उनीहरुले खाएर बसेर ५० हजारभन्दा बढी बचाएका छन् । तपाईं त यो उमेरमा पनि डराउनुहुँदो रैछ । डरार पनि पैसा कमाइ हुन्छ त ?’ उनले मेरो बहादुरी परीक्षण गरेझै प्रश्न गरिन् ।
त्यसपछि मैले जान लाग्ने खर्चको बारेमा सोधे ।
खर्चको बारेमा ती महिलाले भनिन् ‘शुरुमा ५० हजार डिपोजिट छोड्नुस । भिसा आएपछि काम र कमाइको अनुसार २ देखि ३ लाख लाग्न सक्छ । एयरपोर्टमा तलदेखि माथिसम्म सेटिङ नमिलाइकन जान दिदैनँ ।’ उनले विदेशमा पक्का पुर्याइदिने तरिकाले निर्धक्क भएर रहस्य खोलिन् ।
‘एयरपोर्टमा किन सेटिङ मिलाउने होला ?’ मलाई जान्न मन लाग्यो ।
source himchulikhabar
Share this video :
This is the site where you kind find All Kinds Of Popular Nepali Music Viddeo also We Publish All Popular News Published In All Over The World.
All Nepali Song Likely Lok, Aadhunik,pop, teej, dashin tihar song sings by nepali popular singer like Arun Thapa,Anju Panta
,Anil Singh, Amrit Gurung, Bhakta Raj Acharya, Bacchu Kailash, Babu Bogati,Bishnu Majhi, Bipul Chettri,Danny Denzongpa,Deep Shrestha,Devika Bandana,
Dharmaraj Thapa, Dhiraj Rai, Gopal Yonzon,Gyanu Rana,Hira Devi Waiba,Jhalak Man Gandarbha,Indira Joshi,Khem Raj Gurung,Karna Das
Kunti Moktan,Kamal Khatri ,Kuber Rai,Mausami Gurung,Manila Sotang,Mingma Sherpa,Milan Amatya,Narayan Gopal,Nima Rumba,Nirnaya Shrestha
Nabin K Bhattarai,Nalina Chitrakar,Nati Kaji,Om Bikram Bista,Phatteman Rajbhandari,Prem Dhoj Pradhan,Prakash Gurung,Prakash Shrestha
Phurba Sherpa,Prashant Tamang,Pradip Neupane,Raju Lama,Ram Krishna Dhakal,Rajesh Payal Rai,Sashi Rawal,Sugam Pokhare,Sabin Rai
Shambhu Rai,Seturam Shrestha,Sushma Shrestha,Sunita Dulal,Shiva Shankar,Sukmit Gurung,Tara Devi,Tilak Bam Malla,Udit Narayan,Zascha Moktan. These are the popular singer
of nepal. Listen Nepali Music and Downlad .Download Nepali MP3 Songs. The MP3s tunes accessible here are given by the craftsmen, music organizations and the proprietors of the melodies.
This is The large collection of Nepali Music listen and enjoy. Also We Have Online Radi Where you Can Listen Nepali Music Day and Night.This site are Specially Target To the People who
are going to the foreign Country to earn money or to get the higher education or for job purpose (pardesi). All Nepali Pardesi love the nepali Music, Nepali Lok Bhaka, Nepali Song,.
Nepali Music Is the Coplete site for all entertaintment purpose. all Nepali Short and News also taken.
Post a Comment